सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

२७ माघ २०७५
banner

प्रतिनिधिमुलक तस्विर

काठमाडौं । इलाम, मोरङ र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

इलाम, देउमाई नगरपालिकास्थित सडकमा पाँचथरबाट इलाम जाँदै गरेको को १ त ४२६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक इलाम देउमाइ नगरपालिका २ भदौरे बस्ने २६ वर्षीय सुमन गुरुङको घटनास्थलमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि मनमोहन अस्पताल झापातर्फ लगिएको छ।

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका ३ स्थित सडकमा को १ ख ७०९२ नम्बर टिपरले कटहरी गाउँपालिका २ बस्ने ५० वर्षीय लगनलाल राजबंशीलाई आइतबार बिहान ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहा, नरहा गाउँपालिका ५ बस्ने ४५ वर्षीय शिब नन्दनले आफ्नो घर बनाउनको लागि स.१ त ३४६१ नम्बरको ट्याक्टरमा इट्टा ल्याई झार्ने क्रममा सोही ट्याक्टरले किचिएर शिबनन्दन ठाकुरको आइतबार बिहान मृत्यु भएको छ।

शनिबार राति ट्याक्टरले किचिएर गम्भीर घाइते भएका उनको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l