अझै तोडिएन सचिन तेन्दुलकरको रेकर्ड, नजिकै पुगेका दुवै ब्याट्सम्यान फेल 

२६ अषाढ २०७६
banner

काठमाडौं। सचिन तेन्दुलकरको विशाल विश्वरेकर्ड तोड्न नजिकै पुगेका दुवै ब्याट्सम्यान पछिल्लो अवसरमा फेल भएपछि तन्दुलकरको रेकर्ड अझै तोडिएको छैन । रेकर्ड तोड्न नजिकै पुगेका दुई ब्याट्सम्यान विश्व्कपको सेमिफाइनलमा फ्लप भएपछि यो रेकर्ड तेन्दुलकरको नाममा कायमै छ । 

एउटा विश्वपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको रेकर्ड तेन्दुलकरको नाममा कायमै छ । उनले २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । जारी विश्वकपमा भारतमा रोहित शर्मा र अस्ट्रेलियाका डेभिड वार्नर उनको रेकर्ड तोड्न नजिकै पुगिसकेका थिए । शर्मा तेन्दुलकरको रेकर्ड तोड्न २७ रनको दूरीमा थिए र वार्नर ३६ रनको दूरीमा थिए । 

यी दुई ब्याट्सम्यानको जारी विश्वकपमा फर्म हेर्दा उनीहरुले यो रेकर्ड तोड्ने अपेक्षा गरिएको थियो किनकि उनीहरु दुवैले कम्तीमा सेमिफाइनलमा एक खेल खेल्न बाँकी थियो । रोहित शर्मा सेमिफाइनलमा १ रनमा आउट भए र उनको टिम बाहिरिएको अवस्थामा अब उनले यो रेकर्ड तोड्न सक्ने सम्भावना समाप्त भइसकेको छ । 

अस्ट्रेलियाका डेभिड वार्नर पनि सेमिफाइनलमा ९ रनमै आउट भएपछि उनले पनि यो रेकर्ड तोड्न सकेनन् । सेमिफाइनलमा अस्ट्रेलिया र इङल्याण्डको खेल जारी भएकोले यदि अस्ट्रेलिया फाइनल पुग्न सके वार्नरसँग अझै यो रेकर्ड तोड्ने अवसर रहनेछ तर अस्ट्रेलिया फाइनल पुग्न नसके यो विश्वकपमा पनि सचिनको रेकर्ड सुरक्षित रहने देखिएको छ । 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |