नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

३० फाल्गुन २०७५
banner

विराटनगर । नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको दोस्रो खेलमा बंगलादेशले भुटानलाई पराजित गरेसंगै नेपाल एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

समुह एबाट बंगलादेश पनि सेमिफाईनल प्रवेश गरेको छ । 

भुटान प्रतियोगिताको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । साफको पाँचौ संस्करणसम्म आईपुग्दा भुटान प्रतियोगितामा जित विहिन छ । उसले साफमा अहिलेसम्म एक जित समेत दर्ता गर्न सकेको छैन ।

बिहीबार विराटनगरको सहिद रंगशालामा बंगलादेशले भुटानलाई २–० ले पराजित गर्यो । बंगलादेशको जितमा मिश्रात जहान मौसमी र सविना खातुनले  गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

४७ औ मिनेटमा मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले बंगलादेशलाई अग्रता दिलाएकी थिईन् । ८५ औ मिनेटमा भुटानको डिफेन्स लाईनलाई एक्लै विट गर्दै कप्तान सविनाले दोस्रो गोल गरेकी थिईन् ।

समुह विजेता टोलीको टुङ्गो शनिबार हुने नेपाल र बंगलादेशबीचको खेलले तय गर्नेछ ।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll