टेक्ससबाट सगुनमा लगानी गर्ने अवसर खुल्ला, राजधानी अष्टिनमा सगुनको लहर

१३ आश्विन २०७५

banner

टेक्सस, अमेरिका ।  सामाजिक सञ्जाल र इकमर्शलाई एकै प्लेटफर्ममा गाँसेर आइटीको विश्वमञ्चमा उदाएको सगुनले अमेरिकाको टेक्सस राज्यबाट पनि लगानी आह्वान गर्ने अनुमति प्राप्त गरेको छ। यसको साथै फ्लोरिडा, एरिजोना तथा नर्थ डकोटा राज्यहरुमा समेत यो अवसर उपलब्ध भएको सगुनले जनाएको छ। 

सगुनले गत वर्ष देखि मिनी आइपीओ मार्फत आफ्नो स्वामित्व शेयर विश्वभरि विक्री गर्दै आइरहेको थियो। तर मिनी आइपीओ मार्फत अमेरिकाका उल्लेखित राज्यहरुबाट ती राज्यहरुका कानूनी प्रावधानका कारण सिधै लगानी गर्न अनुमति थिएन। जसका लागि सगुनले सम्वन्धित निकायबाट छुट्टै अनुमति लिनु पर्ने थियो जुन हालै प्राप्त गरेको कुरो सगुनका को–फाउण्डर कविन्द्र सिटौलाले जानकारी गराए।

सिटौलाका अनुसार ‘हामीलाई पनि अमेरिकाका यी चार राज्यहरुबाट मिनी आइपीओ मार्फत लगानीको अवसर उपलब्ध गराउन नसकेकोमा दुःख लागेको थियो। टेक्सस जस्तो राज्यमा धेरै नेपालीहरुमा उद्यमशीलताको माहौल छ। धेरै नेपालीहरु व्यवशायमा संलग्न हुनुहुन्छ। उहाँहरु लगायत यी चार राज्यहरुमा बसोबास गर्ने नेपाली लगायत सबै समुदायलाई सगुनमा लगानीको अवसर उपलब्ध गराउन विशेष अनुरोध पनि आइरहेको थियो । यिनै कुराहरुलाइ सम्वोधन गर्न सगुनले सम्वन्धित सरकारी निकायबाट अनुमति प्राप्त गरि लगानी गर्न पाउने अवसर खुल्ला गर्न सकेका छौँ।’

सगुनले उपलब्ध गराएको जानकारी अनुसार सगुनको फण्ड रेजिङ्ग पार्टनर स्टार्ट इञ्जिनको प्लेटफर्म (www.startengine.com/sagoon) बाट सगुनमा लगानी गर्न सकिने छ । न्यूनतम १०१२ अमेरिकी डलर (४४ कित्ता शेयर २३ डलरका दरले) लगानी गर्न सकिने छ भने यस प्रावधान अनुसार सगुनले बढिमा एक मिलियन डलर बराबरको मात्र शेयर विक्री गर्न पाउने छ। यसर्थ उक्त रकम बराबर कोशेयर विक्री हुनासाथ लगानीका लागि उपलब्ध गराइएको यो अवसर बन्द हुनेछ।

‘हामीले मूलतः अमेरिकाका टेक्सस, फ्लोरिडा, एरिजोना र नर्थ डकोटा राज्यहरुका लागि यो अवसर खुल्ला गरेका हौँ । तर सगुनको फण्ड रेजिङ्ग पार्टनर स्टार्ट इञ्जिनको प्रावधान अनुसार कुनै निश्चित राज्यहरुका लागि मात्र नभई पूरा देश भरि नै अवसर खुल्ला गर्नु पर्ने भएकोले यस प्लेटफर्म बाट अमेरिका भरिका जुनसुकै राज्यहरुबाट पनि लगानी गर्न पाइने छ । तर अमेरिका बाहिरका कुनै पनि देशहरुबाट भने यस प्रावधान अनुसार लगानी गर्न पाइने छैन’, सिटौलाले बताए। 

यसै सिलसिलामा सगुनका बारेमा र नयाँ प्रावधान अनुसार लगानीका बारेमा जानकारी गराउने उद्धेश्यले सगुनका फाउण्डर गोविन्द गिरी तथा को–फाउण्डर कविन्द्र सिटौला हालै टेक्सस्का ड्यालस र अस्टिनमा पुगेका थिए । दुवै स्थानहरुमा उपस्थित नेपाली समुदायका बीचमा अन्तरकृया कार्यक्रमहरु आयोजना गरेका थिए। 

अस्टिनमा सम्पन्न कार्यक्रममा सगुनका फाउण्डर गिरीले सगुनको विगत, वर्तमान र भविष्यको बारेमा बताउँदै सबैको जिज्ञासालाई प्रष्ट पारेका थिए भने को–फाउण्डर सिटौलाले टेक्ससर अन्य छुटेका राज्यहरूकालागि लगानी स्विकृत गराउन धेरै मिहिनेत गरेको र यो एउटा ऐतिहासिक अवसर हुनसक्ने बताए। 

अन्तरकृया कार्यक्रमका सहभागिहरुले सगुनका बारेमा आफ्ना जिज्ञासा, भावना र आह्वान व्यक्त गरेका थिए। 

कोलोराडो निवासी साहित्यकार एवं गीतकार ज्ञानेन्द्र गदालले आजसम्म कुनै पनि नेपालीले गर्न आंट नगरेको साहसिक कदम उठाएकोले नाफाघाटा भन्दा माथि उठेर सबै नेपालीको सपना ठान्दै सहयोग गर्न अपिल गरे । आफूले पनि चिन्दै नचिनी शुरुका दिनमा नै लगानी गरेको समेत बताए। 

त्यसैगरि अस्टिन निवासी सफल व्यवसायी एवं समाजसेवी हेम पाठक, व्यवशायी बोधराज घिमिरे, सामाजिक अभियन्ता तथा पत्रकार किशोर विश्वकर्मा, मञ्जु घिमिरे, समाजसेवी सरिता पाठक, साहित्यकार मोहन सिटौला तथा व्यवशायी मदन सिवाकोटीले सगून एउटा साहशिक्यात्रा, नेपालीकोगर्व,आर्थिक सम्बृद्धि,नयाँपहिचान र फरक सम्भवाना बोकेको अभियान भएको हुनाले आफू पनि सहभागि हुने र अरुलाइ पनि सहभागि हुन आह्वान गरेका छन्। यसै गरि अन्य व्यक्तिहरुले समेत सगुनका समन्धमा आफूलाई लागेका कुरा बताएका छन्।

ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष देवराज नेउपानेले सगुनमा आफूले अझै बुझेर लगानी गर्ने बताउँदै सबै मिलेर यसलाई प्रोत्साहन गर्न आह्वान गरे। अस्टिनवासीहरु सगुनमा सहभागी बन्न सबै सकारात्मक रहेको विश्वास व्यक्त गर्दै आफू पनि लगानी गर्ने कुरा अस्टिनका अर्का व्यवसायी विदुर खतिवडा बताउछन्। त्यस्तै, सगुनका फाउण्डर मार्फत सगुनका विषयमा प्रत्यक्ष सुनेपछि बुझेको, राम्रो लागेको र सबैले सकारात्मक सहयोग गर्नुपर्नेबताउछन् व्यवसायी अमित मिश्र। 

सगुन, नेपालीको प्रयास र भविष्य भएकोले यसलाई सबैले मिलेर सफल बनाउन पर्छ र आफू पनि लगानी गर्ने निधो गरेको राजु शर्मा,बताउँछन्। जीवनमा हत्तपत्त नपाइने स्टार्ट अप कम्पनीमा लगानी गर्ने यो अवसर नगुमाउन सल्लाह दिंदै प्रोजेक्टको बारेमा बुझेपछि उत्साहित भएको बताउने व्यवसायी तुलसी दुलाल लगायत दिल रसाइलीका साथै सहभागी थुप्रैले सगुको बारेमा प्रत्यक्ष सुने पछि लगानीका लागि उत्सुकता व्यक्त गरेका छन्।  

सफ्टवेयर आर्किटेक्ट भेषराज त्रिपाठीले सगुनमा लगानीको मौका खोजिरहेको र टेक्ससबाट लगानी गर्न नपाउँदाको समयमा भर्जिनिया सरेर समेतलगानी गर्ने सोच बनाएको बताए। उनका अनुसार सोसल मिडिया र इकमर्सको जमानामा सगुनले दुवै अंगालेको कारण यसको संभावना ठूलो रहेको छ। 

यस्तै अर्का सफल व्यक्तित्व प्रदिप पराजुली बताउँछन्, आफू यस्तो स्टार्टअप अवसरमा सहभागी हुने गरेको र सगुनका फाउण्डरबाट यसको विजिनेस प्लान र भिजनका बारेमा प्रत्यक्ष सुनेपछि लगानी गर्न इच्छुक भएको हुँ। यसै गरि ग्रेटर अस्टिन नेपाली सोसाइटीका उपाध्यक्ष एवं सफलव्यवसायी भोजराज भट्टले सगुनको प्रति आफू सकारात्मक तथा उत्साहित रहेको, आफूले लगानी पनि गर्ने र आउने दिनहरुमा सगुनको एप लाई प्रयोग गर्न आफ्नै टोलबाट सुरु गर्ने अभियान संचालन गर्ने बताए।

अस्टिनका सगुनका सिड लगानीकर्ता मध्ये एक सुनिल सिटौलाले आफूले सुरुमा सगूनकोनयाँभिजन, गोबिन्द गिरीको आत्मविश्वास, क्षमता र स्टार्टअपको संभावना जानेर जोखिम मोलेको भन्दै आज सगुनले गरेको प्रगतीबाट आफू निकै आशावादी रहेको बताए। 

यस अगाडि जुलाई २६, २०१८ सम्म खुल्ला गरिएको मिनी आइपीओ अन्तर्गत विश्वका ६० भन्दा बढि देशहरुबाट ४००० भन्दा बढि लगानीकर्ताहरुले सगुनमा लगानी गरेका थिए । यसै बीच सगुनले एण्ड्रोएड अपरेटिङ्ग सिस्टमका लागि मोवाइल एप बजारमा ल्याइसकेको छ भने डेस्कटप भर्सन पनि नयाँ स्वरुपमा उलपब्ध गराएको छ। 

साथै आइओएस्एप्स केही महिनामै बजारमा आउने तैयारी भैरहेको र्नयाँ फिचरहरु थप्दैजाने सगूनले जनाएको छ।सोसियल स्मार्ट कार्ड मार्फत सामाजिक सञ्जालको दुनियामा इकमर्श समेत समावेश गरेर नयाँ पन दिने, सगुनका हरेक प्रयोगकर्ताहरुलाई उनीहरुले सगुनको सामाजिक सञ्जालमा समय विताए वापत रिवार्ड गर्ने लगायतका नविनतम सोच र योजना सहित सगनु अगाडि आइरहेको छ । दक्षिण एशियाको बजारलाई आफ्नो प्रवेश विन्दु बनाएर विश्व बजारमा जाने योजना बनाएको सगुनमा भेञ्चरक्यापिटलिस्टलगायत ठूला लगानीकर्ताहरुको चासो बढ्दै गएको सगुनले जनाएको छ । 

सगुनले बताए अनुसार हाल अमेरिकाका लागि मात्र खुल्ला भएको लगानीको यो अवसरमा सहभागीता जनाउन चाहने इच्छुक लगानीकर्ताहरुले www.startengine.com/sagoon मा गएर लगानी गर्न सकिने छ भने सगुनका बारेमा www.sagoon.com बाट थप जानकारी प्राप्त गर्न सकिने छसाथै सगुन तथा यसमा लगानीका सम्वन्धमा प्रश्न वा जिज्ञासा रहेमा  1-703-291-1212 मा सम्पर्क गर्न सकिने छ ।  

टेक्ससको राजधानी अस्टिनका नेपालीहरु सगुन प्रति के भन्छन् , सुनौ भिडियोमा 

Leave a reply

HTML Tags are not supported

Post My Comment »