साहित्य महासङ्घको नयाँ शाखा जापानमा

२७ जेठ २०७६
banner

जापान । यही जुन ९ तारिख जापानमा रहेका नेपाली साहित्यकारहरू र साहित्य प्रेमी नेपालीहरूले टोकियोमा एक कार्यक्रमको आयोजना गरि विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समन्वयमा जापान शाखाको तदर्थ समिति गठन गरेका छन्। 

देवी बहादुर ईङनामको अध्यक्षतामा गठन गरिएको १३ सदस्यीय तदर्थ समितिमा भुवन रोका बरिष्ठ उपाध्यक्ष, लोकनाथ अधिकारी उपाध्यक्ष, रविन्द्र दिखुक्पा महासचिव, बिमन किराती सचिव, शिव राज राई आर्थिक सचिव र अशोक कार्की आर्थिक सहसचिव रहेका छन्। साथै सदस्यहरूमा शंकर हरि राई, गंगा गगन, मन्जु सावा, दिप मुस्कान, रेश राई, थर्क दिप तिगेला रहेका छन्। यस तदर्थ समितिले जापानमा रहेका नेपाली श्रष्ठाहरुलाई समेट्दै अघि बढ्ने र १ बर्ष भित्र नयाँ कार्यसमितिको गठन गरिने कुरा तदर्थ समितिका अध्यक्ष ईङनामले जानकारी गराए।

केन्द्रीय समितिको योजना अनुसार जापानमा साहित्यिक कार्यक्रमहरूको आयोजनालाई निरन्तरता दिदैँ प्रवासमा नेपाली साहित्यको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य राखेर विश्व नेपाली साहित्य महासङ्घको शाखा जापानमा गठन गरिएको कुरा समितिका महासचिव रविन्द्र दिखुक्पाले जानकारी दिए। 

कार्यक्रममा बिभिन्न श्रष्ठाहरुले आफ्ना साहित्यिक रचनाहरू वाचनसमेत  गरेका थिए।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l