साहित्यकार रेग्मीको ७८ वर्षको उमेरमा निधन

९ फाल्गुन २०७५
banner

फाईल तस्विर

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको आज दिउँसो ७८ वर्षको निधन भएको छ । 

विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका रेग्मीलाई आज सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिए । 

चिनी र उच्च रक्तचापबाट पीडित भएपनि खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको उनले बताए । स्व रेग्मीको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

‘नेपालमा आम सञ्चारको विकास ,२०५८’ नामक कृति प्रकाशित छन् । ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टिः दृष्टिकोण’ आदि उनीद्धारा सम्पादित कृति प्रकाशित छन् । 

उनी गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित  हुन् । 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l