नयाँ स्वादमा 'साँइली र माइली पोइला गएछन', देखिए साँइली र माइलीसंग सन्दीप क्षेत्री

२६ आश्विन २०७५
banner

काठमाडौँ– ‘साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारे र...’ कुनै बेलाको यो अत्यन्त लोकप्रिय आज पनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए ।

अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । गायक गोस्वामीले गीतकार तथा सङ्गीतकार भट्टराईसँगै अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।

निर्देशक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् । लोकप्रिय अभिनेता सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा प्रस्तुती गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले साइँली र माइलीको भूमिका निर्वाह गरेका छन् ।

हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइँली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमानको कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ । अभिनेता क्षेत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमानको गम्भिर भूमिकालाई रोमाञ्चक ढङ्गले निर्वाह गरेका छन् ।

भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् । अर्जुन तिवारी तथा बुद्ध थापाको समुहले छायाङ्कन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन् ।

 

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |