चलचित्र ‘साइनो’को ट्रेलर रिलीज 

२६ अषाढ २०७६
banner

काठमाडौं । नेपालकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको नेपाली चलचित्र ‘साइनो’को ट्रेलर रिलज भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर रिलीज गरिएको हो। ट्रेलरमा नाता सम्बन्ध र द्वन्द्वलाई देखाइएको छ।

यस चलचित्रमा निर्माता, निर्देशकदेखि प्राय सबैकलाकार डेब्यू छन्। चलचित्रका डेब्यू निर्देशक रमेस थापाका अनुसार यो चलचित्रमा मायामा गरिएको त्यागलाई देखाइएको छ। चलचित्रमा केही तामाङ तथा नेवारी भाषा पनि समावेश गरिएको छ। यस चलचित्रमा डेब्यू अभिनेता राज कुमार, मीरुना मगर, नीता ढुङ्गाना, भुवन थापा चन्द, बसुन्धरा भुषाललगायतका कलाकार प्रमुख भूमिकामा छन्।

अभिमन्यु निरवीको कथा रहेको यस चलचित्रलाई रामेश्वर कार्की र नवराज उप्रेतीले छायांकन गरेका छन् । चलचित्रलाई बनिस शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। चलचित्र साउन २४ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने छ।

भिडियाे

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l