कुुवेतमा संयुक्तरुपमा मनाइयो साकेला उभौली

२७ जेठ २०७६
banner

कुवेत । कुवेतमा संयुक्तरुपमा साकेला उभौली मनाइएको छ ।कुवेतमा क्रियाशील तीनवटा किरात संस्थाहरू किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किराँतहरूको साझा अभियान” भन्ने नाराका साथ गत शुक्रबार एकसाथ ,उभौली चासोक तङ्नाम र रापवा श्यादर पीदार २०१९ विविध कार्यक्रम गरी मनाएका हुन्।

किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्व र नेपाली राजदूतावासका राजदुत दुर्गा प्रसाद भण्डारी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोशन राई र टिकाराम दुर्विच सुनुवारले संयुक्त रुपमा गरेका थिए भने किरात राई यायोक्खा कुवेतकी सह९सचिव कविता राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रम सभापति , प्रमुख अतिथि , विशिष्ट अतिथिको सामूहिक रुपमा दीप प्रज्वलन गरी उद्‌घाटन गरिएको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मूर्तरूप दिइएको थियो । फर्वा्निया स्थित अडिटोरियम हलमा आयोजित कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राईहरूको मौलिक झाँकी साकेला नाच, लिम्बूहरूको मौलिक नाच केलाङ नाच र सुनारहरूको मौलिक झाँकी श्याँदर नाच, साङ्गीतिक प्रस्तुतिहरू लगायतका अन्य तीनवटा किराती संस्था का कलाकर  सविन दुमी राइ, रोशन राई, मन्जु लावती, याम बि सावा, दर्शन काले राई, बिबिमर राई, अल्का राई, माया राई, तुलसी सुनुवार र शोभादेवी सुनुवारले आ आफ्नो  प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी, नेपाल पत्रकार महासङ्घ कुवेतका उप अध्यक्ष नवराज एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल, कोसेली ग्रुपको अध्यक्ष आनन्द आचार्य, मगरसंघ कुवेतका सल्लाहकार जय आले मगर, तामाङ घेदुङ कुवेतका प्रवक्ता दिल कुमार पाख्रिन, तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ, आदिवासी जनजाति महासङ्घ कुवेतको अध्यक्ष अमृत तामाङ, सुनुवार सेवा समाजको अध्यक्ष लाल बहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङ का अध्यक्ष देवी लिम्बू, किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका विशिष्ट संरक्षक सदस्य अमित चाम्लिङ लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्दै समग्रमा तीनवटा किराँतहरूले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको र कार्यक्रमले फुटेर होईन जुटेर अगाडी बढ्ने संदेश दिएको बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा तीनवटा किराती संस्थाहरुले  विशेष योगदान गरेका ब्यक्तित्वहरु कुवेतका अन्लाईन मिडिया हरु संस्ठा का कलाकार भाई बहिनी हरु लाई  माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने  कार्यक्रममा उपस्थित पाहुनाहरुलाई निस्शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार खसी को मासु,नास्ताले स्वगात गरेका थिए। 

कार्यक्रमको समापन गर्दै सभापति मन्जित चाम्लिङ राईले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli