मलाइका–अर्जुनबीचको सम्बन्ध बढेपछि सलमानले लिए यस्तो निर्णय!

२६ पौष २०७५
banner

एजेन्सी। विगत केही समयदेखि मलाइका अरोडा र अर्जुन कपुरको अफेयरको समाचारले चर्चा पाएको छ। यी दुवैलाई बेला बेलामा सार्वजनिक स्थानमा सँगै देखिने पनि गरेको छ। भारतीय संचारमाध्यमले त अर्जुन कपुरको परिवारले मलाइकासँग विवाह गर्न अनुमति दिएकोसम्म समाचार प्रशारण गरेका थिए। तर एक जना यस्ता व्यक्ति पनि छन्  जसलाई उनीहरुबीचको सम्बन्ध मन परेको छैन। र ती व्यक्ति हुन् सलमान खान।

मलाइका अरोडा सलमान खानका भाइ अरबाज खानकी पूर्व पत्नी हुन्। सलमानलाई अर्जुन र मलाइकाबीचको सम्बन्ध मन परेको छैन।
अरबाजसँग सम्बन्ध विच्छेद गरेपनि मलाइका खान परिवारसँग नजिक छन्। उनी बेला बेलामा खान परिवारको कार्यक्रममा आउने गर्छिन्।

 

 

केही दिन अगाडि सलमान खानले फाम हाउसमा आफ्नो जन्म दिनको पार्टी राखेका थिए। उक्त पार्टीमा मलाइकाकी बहिनी अमृता गएकी थिइन् भने मलाइका भने उपस्थित भइनन्। यसअघि सलमान खानको क्रिसमस पार्टीमा पनि उनी उपस्थित भएकी थिइनन्। सलमान खानको जन्म दिनमा मलाइका र अर्जुन कपुरले एकैसाथ डिनर गर्दा गर्दै फोटोग्राफरले फेला पारेका थिए।

 

 

अर्जुन कपुरको अफेयर सलमान खानकी बहिनी अपितासँग पनि अफेयर चलिसकेको छ। त्यतिबेला सलमानले अर्जुनलाई मेन्टर भनेका थिए। तर अहिले अर्जुनले मलाइकासँग सम्बन्ध बढाएपछि सलमान रिसाएका छन्। सलमान यतिधेरै रिसाएका छन् की उनले बोनी कपुरले निर्माण गर्ने दुई ठूला बजेटका फिल्ममा काम नै गरेनन्।

भारतीय संचारमाध्यमका अनुसार सलमान खानले बोनी कपुरका दुई ठूला बजेटका फिल्म  ‘वांटेड–२’ र ‘नो एन्ट्र में एन्ट्री’ केही नभनी काम गर्न अस्वीकार गरेका थिए। तर यसपछिको कारण अर्जुन र मलाइकाबीचको सम्बन्ध भएको बताइएको छ। यी दुवै फिल्मको पहिलो भागमा सलमान मुख्य भूमिकामा थिए। यी दुवै फिल्म ले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए।  

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l