चलचित्र ‘समर लभ’ : फिल्महलमा दर्शकको ओइरो

२७ माघ २०७५
banner

काठमाडौँ । रिलिजको अघिल्लो दिनदेखि निरन्तर परेको झरीले रिलिज पूर्वको शनिबार पनि छोडेन तर फिल्मको प्रतिक्षामा बसेका दर्शक भने रुझ्दै र भिज्दै हलसम्म पुगे।

शुक्रबारको तुलमाना फिल्मप्रति शनिबार दर्शकको साथ उच्च देखियो। बर्षातका कारण बिहानी शोजहरु प्रभावित हुँदा दिवा शोमा भने दर्शकको चाप बढ्यो। शनिबारको ‘दिवा शो’मा राजधानीको मुख्य केन्द्र मानिने गोपीकृष्णको १ हजार बढी क्षमताको ‘गोपी’ पर्दा हाउसफुल बन्दा अष्टनारायण हलमा पनि सोहि प्रकारको उपस्थिति दर्शकको देखिएको थियो।

मल्टिप्लेक्स तर्फ सिभिल मल, लाबिङ मल लगायतका शोजहरुमा पनि दर्शकको चाप राम्रो पाइयो, प्रफुल्लित मुद्रामा निर्देशक मुस्कान ढकालले भने, ‘वर्षातका बाबजुत दर्शकले दिनुभएको माया र साथले खुशी बनाएको छ, वर्ड अफ माउथ राम्रो छ, फिल्म हेर्ने दर्शकले मुख खुम्च्याएको भेटेको छैन।’

त्यसो त ढकाल फिल्मको अबको लक्ष्य भ्यालेन्टाइन भएको बताउँछन्। माया गर्नेहरुको लागि प्रणय दिवस आइसकेको छ, हाम्रो फिल्मको मुख्य कन्टेन्ट नै प्रेम हो, त्यो दिन दर्शकको लागि राम्रो खुराक र कोशेली ‘समर लभ’ बन्नेमा शंका छैन। फिल्मले राजधानी बाहिर नारायणगढ, दाङ, धरान र पोखरामा पनि दर्शकको साथ राम्रो पाएको वितरकहरुबाट प्राप्त विवरण बोल्छ।

कलाकार सहितको फिल्म टिमलाई पछ्याउँदै राजधानीका केहि हलमा पुग्दा हल सञ्चालकले ‘समर लभ’को रिलिज आफुहरुको लागी दशैँ आए बराबर भएको बताउँदै थिए। त्यसो त पछिल्लो रिलिज ‘प्रसाद’ र ‘चङ्गाचेट’ पछि कुनै पनि नेपाली फिल्मले दर्शक पाएको रेकर्ड छैन। हलमा खडेरी लागिरहेको समयमा ‘समर लभ’ मल्हम बनेर आएको हल सञ्चालकहरुको भनाइ थियो।

मौसम अनुकुल भएको भए दर्शकको चाप थप बढ्न सक्थ्यो, तरपनि वर्षातका बीच शुक्रबार र शनिबार दर्शकले फिल्मप्रति देखाएको चासो र यो प्रकारको साथले साँच्ची नै खुशी हुने ठाउँ निस्केको छ, एक हल सञ्चालकले भने।

सुबिन भट्टराईको प्रेमिल उपन्यासमा आधारिक यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायत लिड अभिनयमा छन्। फिल्मको पटकथा सुबिन र सामिप्यराज तिमिल्सेनाले लेखेका छन्।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कार्यकारी निर्माता बिनोद अधिकारी छन् भने इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठ निर्मातामा छन्। पुष्पन प्रधानको संगीत रहेको फिल्मले सांगितिक रुपमा पनि आफुलाई अब्बल प्रमाणित गरेको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l