विश्वविद्यालयलाई नयाँ सम्बन्धन नदिन कार्यदलको आग्रह

२८ पौष २०७५
banner

काठमाडौँ । विश्वविद्यालय सम्बन्धमा गठन गरिएको कार्यदलले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ ।

कार्यदलका संयोजक विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा देवराज अधिकारीको समूहले तयार पारेको सो प्रतिवेदन ‘विश्वविद्यालयले सम्बन्धन सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्ग निर्देशन –२०७५’ मन्त्री पोखरेललाई बुझाउनु भएको हो ।

प्रतिवेदनमा विश्वविद्यालयले दिँदै आएको सम्बन्धन प्रक्रिया (नयाँ सम्बन्धन तथा थप कार्यक्रम) रोक्ने भनिएको छ । प्रतिवेदनमा सङ्घीय र प्रादेशिक विश्वविद्यालय ऐन, नियमावली पूर्ण रुपमा कार्यान्वयन नभएसम्म वा विश्वविद्यालय आफ्नो आङ्गिक क्याम्पसमा कार्यक्रम सञ्चालन भई कार्य प्रगतिको अनुगमन तथा मूल्याङ्कन गर्न सक्ने संरचना वा प्रणालीको विकास नहुँदासम्म सम्बन्धनको प्रक्रियालाई स्थगन गर्ने भनिएको छ । 

यस्तै विभिन्न विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सातै प्रदेशमा रहेका सामुदायिक तथा निजी क्याम्पस पाँच वर्षभित्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गरी मानित विश्वविद्यालय अर्थात् मानितउन्मुख विश्वविद्यालयमा रुपान्तरित हुने लक्ष्य राखी काम गर्ने वा सामुदायिक, सामुदायिक–सामुदायिक, निजी–निजी, निजी क्याम्पस आपसमा जिल्लागत भूगोलभित्र गाभिन गई प्राज्ञिक र आर्थिक रुपले सवल बन्दै प्राज्ञिक स्वयतता जाने लक्ष्य राखी काम गर्ने भनिएको छ । 

यस्ता शिक्षण संस्थाको सम्बन्धन हस्तान्तरण तत्तत् प्रादेशिक विश्वविद्यालयतर्फ रुपान्तरण हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै प्रतिवेदनमा राज्यले जनशक्ति प्रक्षेपण गरी विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक शैक्षिक कार्यक्रम विश्वविद्यालयमा निर्माण गर्ने गराउने सम्बन्धमा योजनाबद्ध किसिमले लाग्नुपर्ने, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि वन तथा विज्ञान विश्वविद्यालयले आ–आफ्नो क्षेत्रमा विज्ञान तथा प्रविधिमा आधारित आङगिक कार्यक्रममा जोड दिनुपर्ने उल्लेख गरिएको छ । 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll