समीक्षाको नयाँ गीत रिलिज, बुवाको सम्झनामा गाइन् यस्तो गीत (भिडियो)

२७ पौष २०७५
banner

काठमाडौँ। भाइरल गायिका समीक्षा अधिकारीको  गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । 

चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समीक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समीक्षालाई सङ्गीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उमेर सानै भए पनि मिठो स्वर भएकी समीक्षालाई सङ्गीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर गीत रेकर्ड गराएका थिए ।

रिलिज भएको उक्त नयाँ गीत“वनमा काफल पाक्यो”मा समीक्षाले आवाज दिएकी छिन् जसमा बसन्त सापकोटाले नै सङ्गीत भरेका छन् । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।

गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको सिलसिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानको कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । भिडियोमा समीक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् । विदेशमा बस्ने बुवा प्रति समर्पित गीतलाई युट्युबमा अत्यधिक रुचाइएको छ। 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l