सोलुखुम्बुमा विमान दुर्घटना, २ जनाको मृत्यु

१ बैशाख २०७६
banner

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का रहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए।
 
लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार विमानमा चालक र सहचालक मात्रै रहेका थिए। विमानस्थलमै खटिएका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |