दुलही जस्तै सिंगारिएको संसद भवन (फोटोफिचर)

२० बैशाख २०७६
banner

काठमाडौं। सरकारले शुक्रबार प्रस्तुत गर्न लागेको आफ्नो नीति तथा कार्यक्रम अबको केही बेरमा सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ। राष्ट्रपति भण्डारीको उपस्थिती हुनेभएपछि यतिबेला संसद भवनलाई दुलही झै सजाइएको छ।

भवन अगाडि रहेको बगैचा लगायतका स्थानमा रङ्गीविरङ्गी कपडा, राष्ट्रिय झण्डा, गमलाहरु राखिएको छ। यस्तै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। चेकजाँचका लागि तालीम प्राप्त कुकुरको प्रयोग गरिएको छ।

 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |