बम हत्या प्रसङ्ग उठाउँदै संसदमा पड्किए नेकपा सांसद बिडारी (भिडियो)

२५ पौष २०७५
banner

काठमाडौं । राष्ट्रिय सभाको बुधबार चलेको बैठकमा नेकपा सांसाद रामनारायण बिडारीले निर्मला हत्या प्रकरण र रेशम चौधरी सपथ र उनको थुना मुद्दाबारे विशेष समय लिएर बोलेका छन्।

बिडारीले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानबाट नतिजा नआएकोमा गरिएको विरोध जायज नभएको तर्क गरेका छन्। कुनै मुद्दाको अनुसन्धान प्रकृया लामो हुने भन्दै उनले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि काठमाडौंकै सडकमा दिउँसै गोली हानेर हत्या गरिएको र निकै समय पछि उनका हत्यारा पत्ता लागेको भन्दै निर्मलाका हत्याराहरू पनि पक्राउ पर्ने उनले जिकिर गरे।

रेशम चौधरीलाई अपराधी नै हो भनेर संसदबाट कतिपय सांसदहरूले ठोकुवा गरेका भन्दै बिडारीले सांसदहरूले को हत्यारा र को निर्दोष ठहर गर्ने काम गर्ने हो भने अदालत किन चाहियो ? भन्दै प्रश्न गरे।

सांसद बिडारीको यो क्रोधमिश्रित सम्बोधन हेर्नुस्ः

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l