मलेसियामा चम्केपछि दिल्ली डेयरडेभियल्सले गर्यो सन्दीपको प्रशंसा

२४ आश्विन २०७५

banner

काठमाडौं । नेपाली स्टार स्पीनर सन्दीप लामिछाने विश्वस्तरीय बलर हुन् । नेपाली टिमका महत्वपूर्ण सदस्य सन्दीप हाल मलेसियामा जारी आईसीसी टी ट्वान्टी वल्र्डकप छनोट अन्तर्गतको एशिया बीको छनोट प्रतियोगितामा धमाल मच्चाइरहेका छन् । 

जारी प्रतियोगितामा नेपालले लगातार ५ खेल जितेको छ । ती पाँच मध्ये सन्दीप ३ खेलमा प्लेयर अफ द म्याच भए । उनको यो प्रदर्शनबाट उनको आईपीएल टिम दिल्ली डेयरडेभियल्स पनि निकै खुसी देखिएको छ । 

सन्दीपले मलेसियामा पाँच खेलबाट २० विकेट लिएका छन् । त्यस्तै उनले जम्मा १७ ओभरमात्र बलिंग गरेका छन् । उनको यो उत्कृष्ट प्रदर्शनपछि दिल्लीले प्रशंसामा भनेको छ, ‘ उ अद्वितीय छ, मानिसहरु उसले विकेट लेओस् भन्ने चाहन्छन् । समर्थकहरुको आशा अनुरुप प्रदर्शन गर्न सक्नु आफैंमा सजिलो काम होइन ’  दिल्लीले ट्वीट गर्दै सन्दीपको तस्वीरसहित प्रशंसा गरेको हो । 

दिल्लीले बुधबार दुई पटक सन्दीपबारे ट्वीट गरेको थियो ।  नेपाल र चीनबीचको खेलमा सन्दीपले गरेको प्रदर्शनका बारेमा पनि ट्वीट  गरेको थियो । ट्वीटमा भनिएको छ , ‘आर्इसीसी टि-ट्वाण्टी विश्वकपको एसिया छनौटमा हाम्रा जादूमयी खेलाडीका तर्फबाट भएको अर्को ‘प्लेयर अफ द म्याच’ प्रदर्शन !’

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष