बिग बाश लिग खेलिरहेका छैनन् सन्दिप तर हरेक खेलमा उनकै चर्चा

२७ पौष २०७५
banner

काठमाडौं। सुरुका ४ खेलमा निकै प्रभावशाली प्रदर्शन गरेपछि बिग बाश लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको चर्चा बढेको छ । अहिले सन्दिप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेशमा छन् र यहाँ उनले सिलेट सिक्सर्सको प्रतिनिधित्व गरिरहेका छन् । तर, अस्ट्रेलियाको बिग बाश लिगमा उनको टिमका पछिल्ला २ खेल सुरु हुनुभन्दा अगाडि उनलाई ‘हेर्नुपर्ने खेलाडी’को रुपमा राखिएको थियो । 

क्रिकेटसम्बन्धी चर्चित वेबसाइट इएसपिएन क्रिकइन्फोले मेलबर्न स्टार्सको बुधबारको पर्थ सोर्चर्सविरुद्धको खेलमा सन्दिपलाई ‘प्लेयर्स टु वाच’ (हेर्नुपर्ने खेलाडी)को सूचीमा राखेको थियो । यसरी छानिने २ बलरमध्ये सन्दिपसँगै अर्का बलर डिजे ब्राभो थिए । वेबसाइटले आज फेरि सन्दिपलाई हेर्नुपर्ने खेलाडीको सूचीमा राखेको छ । 

मेलबर्न स्टार्सको आज हुने एडिलेड स्ट्राइकर्सविरुद्धको खेलमा पनि इएसपिएनक्रिकइन्फोले सन्दिप र ब्राभोलाई हेर्नुपर्ने हेलाडीको रुपमा राखेको छ । यद्यपि सन्दिप आजको खेल भने अ‍ेल्ने छैनन् ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l