सन्दीप लामिछानेको अर्काे कीर्तिमान

२६ आश्विन २०७५

banner

काठमडौं । एकपछि अर्का सफलता प्राप्त गरिरहेका नेपला स्टार लेग स्पीनर सन्दीप लामिछानेले मलेसियामा चम्किा एक महत्वपूर्ण राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

मलेसियामा शुक्रबार सम्पन्न भएको आईसीसी वल्र्डकप टटी ट्वान्टी एशिया बीको छनोट प्रतियोगितामा ६ वटा खेलबाट २४ विकेट लिँदै नेपालका लागि एकै सिरिजमा सबैभन्दा बढि विकेट लिने खेलाडी बनेका हुन् । यसअघि यो राष्ट्रिय कीर्तिमान बसन्त रेग्मीको नाममा थियो जसले २१ विकेट लिएका थिए । 

मलेसियामा रहँदा सन्दीप ३ पटक म्यान अफ दि म्याच भइसेका छन् भने शुक्रबारको खेलमा पनि उनले सो पुरस्कार पाउने सम्भावना छ । 
सन्दीपले म्यानमारविरुद्धको खेलमा २ ओभर बलिंग गर्दै ३ रन  दिएर ४ विकेट लिएका थिए । यस्तै भुटानविरुद्धको खेलमा ४ ओभर बलिंग गर्दै ६ रन दिएर ३ विकेट लिए । 

मलेसियासँगको खेलमा उनी झनै आक्रमक देखिए । सो खेलमा उनले ४ ओभर बलिंग गर्दै  २० रन ५ विकेट लिए । चीनसँगको खेलमा ४ ओभरमा ४ रन दिएर ३ विकेट लिए ।

यस्तै थाइल्याण्डसँगको खेलमा उनले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिए। यस्तै शुक्रबारको खेलमा उनले  सिंगापुरविरुद्ध  ३.३ ओभरमा १६ रन दिएर ४ विकेट लिए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष