नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश, सन्दीपको राष्ट्रिय कीर्तिमान

२६ आश्विन २०७५
banner

काठमाडौँ । आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ। छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो। 

मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खेल रद्द भएपछि नेपाललाई विजेता घोषणा गरिएको थियो। 

अब एशिया छनोटमा छ टोलीले खेल्नेछन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोल गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिष्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। 

सन्दीपको राष्ट्रिय कीर्तिमान 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एशिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । 

सन्दीपले आज सिङ्गापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । सन्दीप प्रतियोगिताको सुरुवाती पाँच खेलमा २० विकेट लिएर कीर्तिमान नजिक पुगेका थिए। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।