भारतविरुद्ध सन्दिपको अर्धशतक, नेपालको स्कोर ११६ पुग्यो

२९ भाद्र २०७५
banner

काठमाडौं। भारतविरुद्धको अण्डर १९ युवा वन डे अन्तर्राष्ट्रियमा नेपालले ३४ ओभरमा ४ विकेटको क्षतिमा ११६ रन बनाएको छ । सन्दिप जोराले अर्धशतक बनाएका छन् । सन्दिपले ७९ बलमा ४ चौका र १ छक्कको मद्दतमा ५२ रन बनाएका हुन् । उनीअघि अर्धशत नजिक पुगेका ओपनर तीर्थराज दास भने ४६ रनमै आउट भएका थिए । 

नेपालका ओपनर रवि शाह ५ रनमै आउट भएपछि आएका तेस्रो क्रमका ब्याट्सम्यान रित गौतम र चौथो ब्याट्सम्यान आसिफ शेख शुन्यमै आउट हुँदा नेपालको इनिङ धर्मराएको थियो । तर अर्का ओपनर तीर्थराज दास र पाँचौं क्रमका ब्याट्सम्यान सन्दिप जोराको साझेदारीको मद्दतमा नेपालको इनिङ सम्हालिएको थियो । दास आउट भएपछि आएका भीम सार्कीले सन्दिपलाई १३ रनसहित साथ दिइरहेका छन् । 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |