पीएसएलमा सन्दीपको सफलतापछि आईसीसीले गर्यो प्रशंसा

३० फाल्गुन २०७५
banner

काठमाडौं । नेपाली राष्ट्रिउ क्रिकेट टीमका स्टार लेग स्पीनर सन्दीप लामिछाने हालै पाकिस्तानी सुपर लीग (पीएसएल) टी ट्वान्टी क्रिकेट खेलेर स्वदेश फर्किएका छन् । पीएसएलका ७ खेलमा ११ विकेट लिएका सन्दीपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)ले एक समाचार लेख्दै प्रशंसा गरेको छ । 

आईसीसीले बिहीबार एक समाचार प्रकाशित गर्दै पीएसएलमा सन्दीप सफल भएको जनाएको छ । सन्दीपले पीएसएलमा लाहोर क्लान्दर टीमबाट खेलेका थिए । उनले पाकिस्तानमा ३ वटा खेल खेलेका थिए भने बाँकी ४ खेल यूएईमा खेलेका थिए । 

आईसीसीसँगको कुराकानीमा सन्दीपले एसिया उपमहाद्विपमा स्पीनरलाई राम्रो खेल्ने ब्याट्सम्यान भएकाले आफ्नो पाकिस्तान भ्रमण एक परीक्षा भएको बताएका छन् । उनले सब कन्टिनेन्टल पीचमा राम्रो बलिंग गर्न सक्दा जीवनकै सबैभन्दा राम्रो अनुभव प्राप्त गर्न सफल भएको बताएका छन् । 

सन्दीपले पाकिस्तानले  घरेलु क्रिकेटमात्र आयोजना गरिरहेको उल्लेख गर्दै छिटै पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पनि फर्किने विश्वास व्यक्त गरेका छन् । उनले आफु नेपाली टीमको प्रतिनिधित्व गर्दै पाकिस्तानमा खेल्न इच्छुक रहेकोसमेत बताएका छन् । 

उनले पाकिस्तानमा खेल्दा आफुमा दोहोरो चुनौती रहेको उल्लेख गर्दै धरै कुरा सिक्ने अवसर पाएको बताए । 

पीएसएलमा सन्दीप आवद्ध टीम लाहोरले अंक तालिकाको पुछारमा रहँदै आफ्नो यात्रा टुंग्याए पनि सन्दीप भने व्यक्तिगत रुपमा सफल भएको आईसीसीले उल्लेख गरेको छ । ७ खेलमा ११ विकेट लिँदा सन्दीपले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा राम्रो प्रदर्शन पनि गरेका थिए ।

त्यो थियो क्वेटा ग्लाडिएटरविरुद्ध ४ ओभरमा १० रन दिएर ४ विकेट । उनकै घातक बलिंगले गर्दा सो खेलमा क्वेटा १०६ रमा सिमित भएको थियो भने सन्दीप सो खेलका म्यान अफ द म्याच भएका थिए । 

नेपाली क्रिकेटबारे आईसीसीले गरेको प्रश्नको जवाफ दिँदै सन्दीपले नेपाली क्रिकेटले पछिल्ला दिनहरुमा उल्लेख्य सफलता पाएको भन्दै एक दिन नेपाल क्रिकेटको बलियो टीम बन्ने बताए । उनले त्यसका लागि आफुहरुले कडा परिश्रम गरेको भन्दै त्यसको नतिजा पनि राम्रो आउनेमा विश्वास व्यक्त गरे । 

 सन्दीप आगामी हप्ता इण्डियन प्रीमिर लीग (आईपीएल) टी ट्वान्टी क्रिकेट खेल्न भारततर्फ लाग्नेछन् । आईपीएलको दिल्ली क्यापिटलसँग आवद्ध सन्दीपको यो दोस्रो आईपीएल यात्रा हो । उनले डेब्यु आईपीएलमा तीन खेल खेल्न पाएका थिए जसमा ५ विकेट हात पारेर सनसनी मच्चाएका थिए । 
 

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |