संकटा क्लव खप्तड गोल्ड कपको क्वाटरफाइनलमा

२७ पौष २०७५
banner

काठमाडौं । गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ ।

शुक्रबार भएको खेलमा संकटाले पहिलो र दोस्रो दुबै हाफमा एक एक गोल गरेको थियो । संकटले सेमीफाइनलका लागि क्यामरुनको धाउफिन्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ । 

धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटाकाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्न सक्यो । उसका लागि  जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रबाट विपक्षीको पोस्टमा छिराए । 

खेलको ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे । खेलमा ब्वाइजले गोल गर्ने निकै मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । 

विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए । 

गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए ।  

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् ।

ताजा भिडियो

काठमाडौंमा होलीका अनेक रंग | Holi in Kathmandu |

काठमाडौंमा होली हंगामा । Holi in Kathmandu l

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll