स्वयम्भूमा बालकदेखि वृद्धसम्मले सरस्वतीको पूजा गरी लेख्न सिके (फोटोफिचर)

२७ माघ २०७५
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौं। आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ।

 

 

सोही अवसरमा काठमाडौंको स्वयम्भूस्थित पश्चिम तिर रहेको सरस्वती मन्दिरमा विहानै देखि पूजाआजा गर्न आउने भक्तजनको भीड लागेको छ।

 

 

प्रत्येक वर्ष आजका दिन बाबुआमाहरु आफ्ना बालबालिकालाई सरस्वतीको आरधाना एंव लेख्न सिकाउन त्यहाँ आउने गर्दछन्। मन्दिरमा बालबालिका, विद्यार्थी र वृद्धवृद्धाको पनि सहभागि थियो।

 

 

स्वयम्भुमा रेहको सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरहरुमा आज पुजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लाग्ने गर्दछ।

 

 

मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ। शिक्षा आरम्भका लागि समेत आजको दिनलाइ बिशेष महत्वका साथ हेर्ने गरिन्छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l