सरकारले एकपछि अर्को विवादस्पद काम किन गर्दैछ? 

२ अषाढ २०७६
banner

यतिबेला सरकार एकपछि अर्को गर्दै विवादमा फस्न थालेको छ। केही दिन अगाडि सरकारले संसदमा मिडिया काउन्सिल सम्बन्धी विधेयक दर्ता गराएको थियो। मानव अधिकार सम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक र पछिल्लो पटक गुठी सम्बन्धी विधेयक कानुन बनाउनकालागि संसदमा पेश गरेको छ। तर, ती विधेयकप्रति आज आम नागरिक आन्दोलित भएका छन्।

चाहे त्यो शिक्षा विधेयकलाई लिएर होस वा मिडिया काउन्सिल विधेयक होस वा गुठी गुठीयार सम्बन्धी विधेयक नै किन नहोस्। यी विधेयक विरुद्ध सरोकारवाला आन्दोलित छन् र सडकमा उत्रिएका छन्। अहिले मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ। कानुन बनाएर पुरुषलाई महिला र महिलालाई पुरुष बनाउँदा बन्थ्यो भने बनाउन सक्षम हो दुई तिहाइको सरकार भनेको। तर, त्यो नबन्ने भएरै कानुन बन्दैन होला। 

प्रयोग हुन नसक्ने वा अस्तित्वमा आउन नसक्ने कानुन बन्दैन। कानुन बनाउँदा अस्तित्व जोगाउने, नियमित गर्ने र समय सापेक्ष परिमार्जित हुने, नागरिकको चेतना र  युग परिर्वतन सुहाउँदो कानुन बनाएर अगाडि बढ्ने हो। अहिले त्यस्तो भइरहेको छैन। अहिले त कानुन अस्त्वित्व मेटाउने गरी, भइरहेको संरचना बिगार्ने गरी र कालान्तरमा अगाडि जाने भन्दा पनि पछाडि फर्किने गरी कानुन बनाउन खोजिएको छ।

कानुन बनाएर पुरुषलाई महिला र महिलालाई पुरुष बनाउँदा बन्थ्यो भने बनाउन सक्षम हो दुई तिहाइको सरकार भनेको

यो अवस्थामा संसदभित्र रहेका संसदभित्र प्रमुख प्रतिपक्षसहित विपक्षीको भूमिकामा रहेका दलहरुको भूमिका प्रभावकारी हुन नसक्नु, सरकार आम नागरिकको हित भन्दा मैले जे गरेपनि हुन्छ भन्ने दम्भले अगाडि बढ्नु दुर्भाग्यपूर्ण अवस्था संसदीय पद्धति र लोकतान्त्रिक पद्धतिको चुनौतीका रुपमा देखिएका छन् भने प्रतिपक्षले भूमिका दिन नसक्दा सत्ता पक्षकै केही नेता र सांसदहरु आफैं प्रतिपक्ष जस्तो गरेर प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजेको देखिन्छ।

यसरी प्रतिपक्षको भूमिकामा सत्तापक्षका सांसद देखिएपछि सरकार थोरै लत्रिएजस्तो देखिएर विधेयकमा देखिएका कमीकमजोरी सच्याउँछु भन्ने अवस्थामा देखिएको छ। तर सरकार कमी कमजोरी सच्याउने भन्दा पनि झुक्याएर विधेयक पारित गर्ने तयारीमा लागेको पनि हुन सक्छ। 

यो सरकार अब कुनै धार्मिक रुपले काम गरिरहेका संस्थाहरुको प्रभावमा परेको देखिन्छ। जसले यो सरकारलाई आर्थिक प्रलोभनमा पारेका छन्, सहयोग गरेका छन्, त्यस्ता किसिमका संस्थाहरुले सरकारलाई पूर्णतातया आफ्नो प्रभावमा पारेर काम गराएको देखिन्छ।

त्यसकारण सरकारले झुक्याएर भएपनि हिन्दु सापेक्ष मठ–मन्दिर र गुठीलगायतका धार्मिक धरोहरलाई मास्ने पक्षमा देखिएको छ। त्यसैले यिनै गतिविधिका कारण सरकारले आयु धेरै लामो नहुन पनि सक्छ। सरकारका यी सबै गतिविधि देशी विदेशी शक्तिले हेरिरहेका पनि होलान्।  पूर्णतया त्वं शरणम् भनेर घुँडा टेकेन भने यो सरकार विस्थापित हुन बेर छैन। 

अर्कोतर्फ नेपाली कांग्रेसमा नेतृत्वको विकास हुने र नेतृत्वकालागि अग्रसरता, प्रतिपक्षको भूमिका दिन कांग्रेस असफल नै भयो। कांग्रेसले यदि यही संसदको कार्यावधिभित्र नेतृत्व परिवर्तन गर्न सकेन भने विचार, इमान्दारिता र अध्ययनले सबैको विश्वास जित्न सक्ने व्यक्तित्व अगाडि आएन भने वामपन्थीहरुको सरकार नदोहोरिएला भन्न सकिँदैन। 

लेखक :जगदीश दाहाल

किनभने यिनीहरु कम्युनिष्ट होइनन् भन्ने कुरा सबैलाई जानकारी हुँदा हुँदै पनि कम्युष्टिका नाममा वामपन्थीहरुको मुलबाट दिग्भ्रमित भएर आएका समूहले वामपन्थीको नाम, पर्चा र नाराले फेरि सरकारमा दोहोरिने संभावना रहन्छ।

मधेस केन्द्रित लोकतान्त्रिक शक्ति र सम्पूर्ण लोकतान्त्रिक पक्षधर राजनीतिक शक्तिबीच संसद भनेको बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भन्ने दिग्भ्रमित वामपन्थीको समूहलाई विस्थापित गरेर सरकारमा पुग्न नेपाली कांग्रेसले विचार, इमान्दारिता र अध्ययन भएको सक्षम नेतृत्व अगाडि सारेर सबै लोकतान्त्रिक पक्षलाई समेटेर जनआकाक्षा र मुलुकको आवश्यकतालाई समातेर मुलुक अगाडि लैजाने विषयमा एक भएर जाने वातावरण बनाउन सफल बनाउने नेतृत्व आयो भने आगामी दिनमा लोकतान्त्रिक सरकार आउने संभावना रहन्छ। 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l