‘समय पनि कति निष्ठूरी भएछ’ बोलको लोकगीत सार्वजनिक (भिडियो)

२० जेठ २०७६
banner

काठमाडौं । ‘समय पनि कति निष्ठूरी भएछ’ बोलको भावनात्मक लोक गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्वजनिक भएको उक्त लोक गीतको शब्द सिर्जना विनोद खड्काले गरेका छन्।

सरस्वती गौतम र विनोद खड्काको स्वरमा सजिएको उक्त गीत आइतबार युट्युब च्यानल मार्फत बजारमा आएको हो। समय पनि कति निष्ठूरी रहेछ बोलको भावनात्मक लोक गीतमा संगीत र एरेन्ज विनोद खड्काकै रहेको छ।

धुन कला केन्द्रको स्टुडियोमा रेकर्ड गरेको उक्त लोकगीतको भिडियोको छायांकन शौरभ श्रेष्ठले गरेका छन् भने मिक्सिङ्ग गोविन्द सोनीको रहेको छ।

‘समय पनि कति निष्ठूरी भएछ’ बोलको भिडियोको सम्पादन राजन कार्कीले गरेका हुन्।

(भिडियो सहित)

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l