एकै पटक ट्रम्प र साउदीलाई अमेरिकी सिनेटको झट्का

३० फाल्गुन २०७५
banner

एजेन्सी । हाल अमेरिकी सैन्य सहयोगमो भरमा साउदी अरब यमन युद्धमा होमिएको छ । २०१५ देखि साउदीले यमनका हुथी विद्रोहीविरुद्ध अमेरिकी सहयोगमा युद्ध लडिरहेको छ । 

योबीचमा साउदी राजकुमार सलमान शक्तिमा आएसँगै उनले अमेरिकी राष्ट्रपटि डोनल्ड ट्रम्पसँगको सम्बन्ध बलियो बनाउन पनि सक्षम भइरहेका छन् ।

त्यसैले साउदी मुलका अमेरिकी पत्रका जमाल खशोग्गीको हत्याको आरोप सलमानमाथि लागे पनि ट्रम्पले उनको आलोचना गरेका छैनन् । यमन युद्धमा सहयोग गरिरहेका छन् । 

तर, अमेरिकी सिनेटले तत्काल यमन युद्ध समाप्त पार्न भन्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता सम्बन्धि एक प्रस्ताव पारित गरेर ट्रम्प र साउदीलाई एकै पटक झट्का दिएको छ ।

किनकी राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकनको बहुमत रहेको सिनेटलेसमेत यो प्रस्ताव पारित भएकाले डेमोक्र्याटको बहुमत रहेको  प्रतिनिधिसभामा यो प्रस्ताव पारित हुने सम्भावना बढेको छ ।

सिनेटमा ७ जना रिपब्लिकन सिनेटरहरुले क्रस मतदान गरेपछि यो प्रस्ताव पारित भएको हो । प्रस्तावमा ३० दि भित्र अमेरिकी सेना यमनबाट फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

अमेरिकी इतिहासमा १९७१ पछि पहिलो पटक संसदले राष्ट्रपतिको सैन्य नीतिविरुद्ध प्रस्ताव पारित गर्ने अवस्था आएको हो । यद्यपी व्हाइट हाउसले भिटो प्रयोग गर्ने चेतावनी दिएको छ । 

यमन युद्ध पछिल्लो १०० वर्षको सबैभन्दा मानवीय संकट भएको राष्ट्र संघले जनाएको छ । राष्ट्रसंघका अनुसार करिब ८० लाख मानिसहरु भोकमरीको चेपटामा छन् भने २ करोडभन्दा धेरै मानिसहरु मानवीय सहयोगको भरमा छन् । र यो युद्धमा दैनिक महिला र बालबालिकाहरु मारिएका छन् । 

यमनमा सिया र सुन्नी समूदायबीच युद्ध भइरहेको छ । साउदीले हुथी शियाविरुद्ध युद्ध शुरु गरेको हो । सियालाई इरानको समर्थन रहेको मानिन्छ भने सुन्नीलाई साउदीले समर्थन गरेर उनीहरुको सहयोगका लागि युद्ध लडिरहेको छ । 

यो युद्ध न साउदीले जित्न सकेको न त हार नै स्वीकार गर्ने अवस्थामा छ । अब अमेरिकाले यो युद्धबाट आफ्ना सेना फिर्ता गरेमा साउदीलाई यो युद्ध निल्नु न अकोल्नु हुने विश्लेषण गरिएको छ । 

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |