दिल्लीसँग जोडिए गाँगुली, सन्दीपलाई दिनेछन् प्रशिक्षण

३० फाल्गुन २०७५
banner

काठमाडौं । इण्डियन प्रीमियर लीग (आईपीएल) शुरु हुन अब डेढ हप्ता बाँकी छ । फ्रेन्चाइज क्रिकेटको सबैभन्दा आकर्षक मानिएको आईपीएलमा नेपाली स्टार सन्दीप लामिछाने पनि आवद्ध रहेकाले नेपालमा समेत आईपीएल प्रतिक्षाको विषय बनेको छ ।

यहीबीचमा सन्दीप आवद्ध दिल्ली क्यापिटल्सले एक महत्वपूर्ण निर्णय गरेको छ । त्यो हो सौरभ गाँगुलीलाई सल्हाकारमा नियुक्त । 

पूर्व भारतीय क्याप्टेन रहेका गाँगुली भारतका सफल कप्तान मध्ये एक हुन् । उनकै आक्रमक शैलीका कारण भारतले विदेशी भूमिमा जित्न थालेको भारतीय क्रिकेट विश्लेषकहरु बताउँछन् ।

आईपीएलको १२ औं सिजनसम्म आईपुग्दा खासै राम्रो छाप छोड्न नसकेको दिल्लीलाई यो पटक गाँगुलीले कुन अवस्थामा पुर्याउँछन् त्यो भने हेर्न बाँकी नै छ । 

दिल्लीसँग जोडिएपछि गाँगुलीले ट्वीट गर्दै दिल्लीसँग जोडिन उत्साहित रहेको बताएका छन् । उता दिल्ली क्यापिटल्सका चेयरमेन पार्थ जिन्दलले संसारका सबैभन्दा चलाअ क्रिकेटरमा गाँगुली पर्ने भन्दै उनको प्रशंसा गरेका छन् । 

दिल्लीले आफ्नो पहिलो खेल २४ मार्चमा मुम्बईण्डियन्सविरुद्ध मुम्बईको होमग्राउण्ड वाङखडेमा खेल्ने छ । आईपीएल भने २३ मार्चमा शुरु हुनेछ । दिल्लीले आफ्नो पहिलो होम ग्राउण्ड खेल २६ मार्चमा चेन्नई सुपर किंग्सविरुद्ध खेल्नेछ । 

नेपाली स्टार सन्दीपले गएको सीजनमा दिल्लीका लागि ३ खेल खेलेर ५ विकेट लिएका थिए । यो पटक उनी प्लेइंग ११ मा पर्न भारतीय दिग्गज लेग स्पीनर अमित मिश्रासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

सन्दीप र मिश्राबीच प्रतिस्पर्धा हुने देखिएकाले यो पटक पनि सन्दीपले कमै मौका पाउने अवस्था छ । यद्यपी हाल संसारभर सन्दीपले आफुलाई प्रमाणित गरेकाले उनले मौका पाउने सम्भावना पनि उतिकै बलियो छ । दिल्लीको कप्तानी युवा क्रिकेटर श्रेयस यैय्रले गरिरहेका छन् । 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll