सवारी दुर्घटना गराएर भाग्ने पक्राउ

१८ मङ्सिर २०७५
banner

सांकेतिक तस्विर

काठमाडौं ।  सवारी दुर्घटना गराएर भाग्ने एक चालकलाई प्रहरी सिसिटिभी क्यामेराको सहयोगमा आज पक्राउ गरिएको छ । 

यही मङ्सिर १२ गते बिहान चार बजे टेकुमा दुर्घटना गराएर भाग्ने बनेपा–५ का कुमार श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। टेकुमा भएको सडक दुर्घटनामा कञ्चनपुर भीमदत्तनगर–१८ का जीवन सिंह घाइते भएका थिए । 

उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लैजाने क्रममा सिंहको मृत्यु भएको थियो । प्रहरीले प्रविधिको प्रयोग गरेर दुर्घटना गराई भाग्नेलाई पक्राउ गर्न सफल भएको हो।

सिसिटिभी फुटेजका आधारमा बा १८ च ३२९३ नम्बरको भ्यान खोज्दै जाँदा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।