यूएईका विभिन्न शहरहरुमा शुभयात्रा एप्सबारे अन्तरक्रिया

२८ माघ २०७५
banner

आरपी सहयात्री

यूएई । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी तयार पारिएको शुभयात्रा एप्सबारे यूएईका विभिन्न शहरहरुमा अन्तरक्रिया सम्पन्न भएका छन् । गत ८ फेब्रुअरी, शुक्रबार बर दुबईबाट शुरु भएको अन्तरक्रिया कार्यक्रम ९ फेबु्रअरीमा दुबईकै इन्टरनेसनल सिटी र १० तारिख फुजेरामा सम्पन्न भएको छ।

वैदेशिक रोजगारीसँग सम्बन्धित अत्यन्तै उपयोगी सन्देश, समाचार, विवरण र सम्पर्क नम्बरलगायत विविध सामग्री रहेको शुभयात्रा एप्सबारे अन्तरक्रियामा सहभागीले रुचिकर ढंगले प्रस्नोत्तर गरेका थिए।

एसिया फाउन्डेसनको अग्रसरतामा तयार पारिएको शुभयात्रा एप्सको प्रमोसनको लागि फाउन्डेसनका एप्स विशेषज्ञ डेनियल लुइस, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की, संयोजक तारा भण्डारी र विकास उधमी गैरसरकारी संस्थाबाट शुभयात्रा एप्सका कन्टेन्ट म्यानेजर सुरज सुबेदीले यूएईमा रहेका नेपालीहरुलाई विस्तारमा जानकारी गराएका थिए।

वैदेशिक रोजगारीमा जानुपूुर्व, रोजगारीमा रहेको अवस्थामा र आफ्नो वैदेशिक रोजगारीको यात्रा समाप्त गरी स्वदेश फर्कन लागेका तीनै वर्गको आवश्यकतालाई मध्यनजर गर्दै तयार पारिएको एप्स बहुउपयोगी,  पुर्णजानकारीमुलक र आफ्नो उदेश्यमा पुग्न सकारात्मक प्रयास गरिरहेको फुजेराको एक अन्तक्रियामा सहभागी झापाका खगेन्द्र कटवालले जानकारी दिएका छन् ।

शुक्रबार बर दुबईको सिन्ध पन्जाब रेस्टुरेन्टमा भएको शुभयात्रा एप्सको जानकारीमुलक  कार्यक्रमको संयोजन नवलपुर समाज युएईले गरेको थियो । उक्त  कार्यक्रममा गत वर्ष साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको ब्लडमनी संकलन गर्न यूएईबाट सहयोग गर्ने संघसंस्था, ब्याक्तित्व र संचारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो।

सोही दिन शुभयात्रा एप्सबारे नेपाल पत्रकार महासंघ यूएई शाखाका प्रतिनिधिहरुसँग एक अन्तक्रिया गरिएको थियो । उज्यालो अनलाइनका यूएई प्रतिनिधि उमाकान्त पाण्डेले सहजीकरण गरेको कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल, लेखक तथा आलोचक निमेष गिरी, पत्रकारहरु हरि नेपाली, राम ढुंगेल, रुपेश अधिकारी, खिमलाल पाण्डे लगायत अन्य पेसा र क्षेत्रका ब्याक्तित्वहरुको सहभागिता थियो।

शुभयात्रा प्रमोसन समुहले फेब्रुअरी ९ शनिबार दुबईको ईन्टरनेसनल सिटीमा रहेको मुस्ताङ रेस्टुरेन्टमा एक अन्तर्कृया कार्यक्रम सप्पन्न गरेको थियो । मेची–महाकाली युनाइटेड फुटबल समुहका खेलाडीहरुको उल्लेख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सोही रेस्टुरेन्टका संचालक तथा नवलपुर समाज यूएईका महासचिव राज भण्डारीले गरेका थिए।

यूएईको उत्तरी राज्य फुजेरामा पनि शुभयात्रा एप्सबारे जानकारीमुलक एक अन्तरसम्वाद कार्यक्रम १० फेब्रुअरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण हिमाल रेमिट यूएई प्रमुख कमल पराजुली, यूएई एक्सचेञ्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईं र संचारकर्मी राम ढुंगेलले गरेका थिए।

कार्यक्रममा सहभागी भएकाहरुले शुभयात्रा एप्स धेरै जानकारीमुलक रहेको र भबिस्यमा यसको प्रभावकारिता बडदै जाने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पिएनसीसीले विदेशमा समस्यामा परेका नेपालीहरुका ७ हजार भन्दा बढी मुद्दाहरुमा काम गरिसकेको जानकारी दिएका थिए ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l