बच्चालाई घरबाट लिन आएका स्कुल बस ड्राइभरले गरे घिनलाग्दो काम

२७ माघ २०७५
banner

बैंगलोर। कर्णाटक राज्यमा एक नामी सकुलका सकुल बस ड्राइभरलाई एक मशिलाको अपत्तिजनक भिडियो बनाएको र पछि त्यसलाई इन्टरनेटमा अपलोड गरेको आरोपमा गिरफ्तार गरिएको छ । ती ड्राइभरले अरु कसैको नभइ आफैंले बसमा ओसार्ने गरेका उक बालककी आमाको भिडियो बनाएका थिए । ती ड्राइभर सधैं बालकलाई स्कुल लैजानको लागि लिन घर जाने गर्थे । यही क्रममा उनले मौकाको फाइदा उठाएर भिडियो बनाए र महिलालाई ब्ल्याकमेल गर्न थाले ।

घटना बैंगलोरको हेग्गानहल्लीको हो । यहाँकी ३४ वर्षकी पीडित महिलाले घटनाको उजुरी दर्ता गराएकी हुन् । उनका छोरा आंध्रहल्ली मेन रोडको एक नामी स्कुलमा पढ्छन् । महिलाका अनुसार बालकलाई लिन र छोड्नको लागि स्कुल बस आउँछ । यही क्रममा एक दिन ड्राइभर घरमा आए र उनले महिलाले नुहाइरहेको भिडियो बनाए । त्यसपछि एक वर्षदेखि ती ड्राइभर भिडियोका आधारमा उनलाई ब्ल्याकमेल गरिरहेका थिए । 

महिलाका अनुसार एक दिन ती ड्राइभर नशाको हालतमा महिलाको घरमा पनि पुगे । त्यसपछि महिलाका पति र घर मालिकले ड्राइभरलाई गाली गरेर पठाए र फेरि यस्तो नगर्न चेतावनी पनि दिए । तर, उनीहरुलाई भिडियो र ब्ल्याकमेलको बारेमा जानकारी थिएन । यो कुरा त्यतिबेला खुल्यो जब ती ड्राइभरले नक्कली फेसबुक आइडी बनाएर महिलाको आपत्तिजनक भिडियो र फोटो त्यसमा अपलोड गरिदिए । भिडियो बाहिरिएपछि परिवारले प्रहरीमा उजुरी गरे त्यसपछि आरोपी पक्राउ परेका हुन् ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l