स्क्रब टाइफसबाट एक जनाको मृत्यु

२५ आश्विन २०७५

banner

डडेल्धुरा । स्क्रब टाइफस रोगबाट यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित भएका छन् । अजयमेरु गाउँपालिका–४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतककी आमा हरिनादेवीलाई पनि सङ्क्रमण देखिएको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त रोग सरुवा भएकाले अरुमा सङ्क्रमण हुन नदिन स्वास्थ्यचौकीबाट टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका भेटनरी कन्ट्रोल अधिकृत दीपेन्द्र रावलले बताए। स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जीउमा रातो दाग देखा पर्ने र टाउको धेरै दुख्ने लक्षण हुने चिकित्सकले बताएका छन् ।

वृद्धभत्ताबाट छात्रवृत्ति 

अजयमेरु–२ का एक वृद्धले वृद्धभत्ताको रकमबाट विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् । सिमगाउँका ८५ वर्षीय डम्बर पनेरुले २५ महीनामा पाएको वृद्धभत्ताको ५० हजार अजयमेरु आधारभूत विद्यालय रोल्लीमा अक्षयकोष स्थापना गरेको छ । विद्यालयमा अध्ययनरत टुहुरा, असहाय, गरीब, दलित र जेहेन्दार विद्यार्थीलाई सो अक्षयकोेषबाट छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »