समुन्द्रमा जलपरी पनि हुँदैनन्, राक्षस पनि हुँदैनन्, हुन्छ के?

२२ जेठ २०७६
banner

बीबीसी । हामीले फिल्ममा प्रायः समुन्द्रको डर लाग्दो अवस्था देखेका छौं होला । समुन्द्रको निलो सतह अचानक सेतो देखिन्छ । र त्यसमाथि तैरिएर आएको जहाजलाई आउँदै गरेको खतराको संकेत दिएको जस्तो लाग्छ । यस्तो डर लाग्दो अवस्था कैयौं मानिसहरुले देखेका छन् । 
तर वास्तावमा पनि कैयौं पटक समुन्द्रको एक ठूलो क्षेत्रमा पानी धमिलो हुन्छ । रातीमा चन्द्रमाको किरण उसमा परे पछि समुन्द्रमा यो झन डर लाग्दो देखिन्छ । 

सबैभन्दा पहिला यसको चर्चा क्याप्टेन राफेल सेम्मेसले १८६४ मा गरेका थिए । जब उनको जहाँ सीएमएस अलाबामा समुन्द्रबाट गएको थियो, त्यो बेला एक स्थानमा पानीको तस्वीरले उनलाई डराई दिएको थियो । 

क्याप्टेन राफेलले लेखेका छन्, ‘पानीको परिवर्तन भएको रंग देखेर यस्तो लाग्यो मानौ प्रकृतिले रै रुप परिवर्तन गरेको छ ।’ कुनै अरुले टाढाबाट धमिलो पानीम तैरिएको जहाज अलाबामालाई देखे, उनीहरुलाई लाग्यो समुन्द्री राक्षस तिब्ररुपमा उनीहरुतर्फ आइरहेको छ । 

पहिलाको सयममा मात्र होइन आधुनिक समयमा पनि मानिसहरु समुन्द्री राक्षस र जलपरीहरुमा विश्वास राख्थे । उनीहरुलाई लाग्थ्यो, धमिलो पानी भित्र राक्षस वा जलपरीहरु छन् । 

समुन्द्रको एक ठूलो क्षेत्रमा पानी धमिलो हुनुलाई अंग्रेजीमा मिल्की सी वा मरील भनिन्छ । यसको कारण ती ब्याक्टिरिया हुन जो समुन्द्रको सतहदेखि माथिल्लो भागसम्म रहन्छन् । अर्ब खर्बको संख्यामा हुने ब्याक्टिरियाकै कारण समुन्द्रको पानीले रंग परिवर्तन गरेको जस्तो देखिन्छ। 

१९ औं शताब्दीका नाभिकहरु यस्तो दृश्य देखेर प्रयाः डराउँथे । तर, उनहरुलाई थाहा थिएन, पानीको रंग किन परिवर्तन भइरहेको छ । उनीहरुलाई पानीको रंग परिवर्तन हुनुमा कुनै षडयन्त्र वा खतरामात्रै देखिन्थ्यो । टाढाबाट यो दृश्य दुध जस्तो देखिन्थ्यो त्यसैले यसलाई मिल्की सी भनिन्थ्यो । 

हाल यो विषयमा हाम्रो बुझाई राम्रो भएको छ । तर, हामीलाई थाहा छैन, यो कसरी हुन्छ । 

स्टीभन मिलर अमेरिकाको कोलोराडो स्टेट यूनिभर्सिटीमा पढ्छन् । मिलर समुन्द्रका यी धमिला धब्बालाई स्याटेलाईटबाट देखिने सेतो व्हेल भन्छन् । पहिला पहिला स्याटेलाइटका सेन्सरले यसलाई देख्न सक्दैन थिए । तर, हाल जुन सेन्सर प्रयोग भएका छन्, त्यसले हल्का दागलाई पनि स्कान गर्न सक्छन् । 

स्टीभन मिलरले स्याटेलाइटबाट सबैभन्दा राम्रो तस्वीर १९९५ मा लिएका थिए । यो वाफबाट चल्ने जहाज लीमाको आसपास लिइएको थियो । यो जहाज त्यो बेला सोमालिया नजकिैबाट जाँदै थियो । त्यही बेला लीमाका क्याप्टेनले टाढा समुन्द्रमा धमिलो पानी देखेको कुरा गरे । टाढाबाट हेर्दा लाग्यो समुन्द्रमा हिमपात भइरहेको छ । 

मिलरले लीमाका क्याप्टेनको कुरा थाहा पाएपछि सोही समयमा त्यहाँ लगिएको स्याटेलाइट तस्वीरको अवलोकन गरे । स्याटेलाइट तस्वीरमा सो दृश्य कब्जा भएको थियो । यो क्षेत्र १५ हजार वर्ग किलोमिटरसम्म फैलिएको थियो । 

मिलरले अझै पनि धमिलो समुन्द्रको रहस्योद्घाटन गर्न नसकिएके बताए । उनले त्यो दृश्य देख्न सकिए पनि कसरी भयो भन्नेबारे आफुहरुसँग कुनै प्रमाण भने नभएको बताए । उनले अझै पनि यो विषयमा थप जानकारी जुटाउनुपर्ने आवश्यकता औंल्याए । हाल मिलरको टिमले समुन्द्रमा देखिने यो धमिलो मायाजालको प्रतिक्षा गरिरहेको छ । 

समुन्द्रमा हामीले प्रकृतिका यस्ता अरु पनि जादु देख्न सक्छौं र जस्तोकी अमेरिकाको फ्लोरिडा तट नजिक रातो ज्वार भाटा । हामीले अझै पनि समुन्द्रका धेरै यस्ता रहस्यबाट पर्दा उठाउनुपर्ने छ । नासाका अनुसार हाल वैज्ञानिकहरुसँग समुन्द्रको भन्दा धेरै जानकारी अन्तरिक्षबारे छ । 
संसारमा प्रविधिको यति विकास हुँदा पनि समुन्द्रबारे निकै थोरै जानकारी छ । त्यसैले समुन्द्रको डरलाग्दो लहरबाट जाने नाभिक आज पनि सबैभन्दा साहासी मानिन्छन् । 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l