अविवाहित युवती गर्भवती भइन्, युट्युब हेरेर एक्लै बच्चा जन्माउन खोजिन् तर...

२९ फाल्गुन २०७५
banner

गोरखपुर। भारत उत्तर प्रदेशको गोरखपुरमा एक गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोज्दा समस्या उत्पन्न भएको छ । महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको मृत्यु भएको थियो । यो घटनाको खुलासा त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले रगत बगिरहेको देखे र प्रहरीलाई खबर गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् । घरका सदस्य उनको गर्भपतन गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भपतन गराउन दवाव दिएका थिए ।

प्रहरीका अनुसार तनावमा आएर महिलाले गर्भपात गराउन चाहिन् । गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको मृत्यु भयो । प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको छ जहाँ डेलिभरीको भिडियो चलिरहेको थियो । प्रहरीले घटनाको जाँच गरिरहेको छ ।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |