यी महिला किन वेश्यावृत्तिमा लागिन्?

२२ आश्विन २०७५

banner

बीबीसी। इलाहाबाद सहरको एक अदालतमा १ मे १९५८ मा एक युवतीमाथि सबैको आँखा अडिएको थियो। २४ वर्षीया हसैन बाईले न्यायाधीश जगदीश सहायसँग आफू एक वेश्या भएको बताइन्। संविधानको हवाला दिँदै उनले मानव तस्करीमाथि प्रतिबन्ध लगाउन ल्याइएको नयाँ कानुनलाई चुनौती  लिँदै एक निवेदन दर्ता गराइन्।

बाईले दाबी के थियो भने जनजीविकाका साधनमाथि आक्रमण गर्ने नयाँ कानुनले देशमा संविधानद्वारा स्थापित लोककल्याणकारी राज्को उद्देश्य विपरित काम गरेको छ।

यो एक समाज द्रोही कार्य थियो जुन, एक गरीब मुस्लिम वेश्याले उठाएकी थिइन्।  उनले न्यायधीशलाई सडकका ती महिलालाई हेर्न बाध्य पारिन् जहाँ भारतीय समाजबाट वेश्यालाई बाहिरै राखिएको थियो।

आधिकारिक तथ्यांकका अनुसार यौनकर्मीको संख्या १९५१मा ५४ हजारबाट घटेर २८ हजार कायम भएको थियो। र उनीहरुलाई सार्वजनिक रुपमा समर्थन प्राप्त थियो।  जब वेश्याहरुले कांग्रेस पार्टीलाई चन्दा दिने प्रस्ताव राखेका थिए, तब महात्मा गान्धीले त्यसलाई अस्वीकार गरेका थिए।

 

 

हसैन बाईको निजी जीवनका बारेमा धेरै जानकारी छैन र कुनै आकाइभमा कुनै तस्वीरसमेत फेला गरेको छैन। उनका बारेमा के मात्र जानकारी छ भने उनी आफ्ना कजन बहिनी र दुई भाइसँग बस्थिन्, जो उनकै कमाइमा निर्भर थिए।

तर येल विश्वविद्यायलका इतिहासकार रोहित डेको नयाँ कितावमा बाईको व्यापार चलाउने अधिकारलाई लिएर गरेको संघर्षका विषयमा उल्लेख गरिएको छ।

‘ए पीपल्स कन्स्टिट्यूशन : ल एण्ड एभरीडे लाइफ इन द इण्डियन रिपब्लिक एक्सपलोर्स’ किताबका अनुसार भारतीय संविधान, कुलीन लेखकद्वारा लेखिने पुस्तकका वावजूद भारतको औपनिवेशिक राज्यबाट लोकतान्त्रिक गणतन्त्रमा परिवर्तन हुँदा दैनिक जनजीविका र कल्पनासँग आको थियो।

देशभर महिलाले ठूला ठूला आन्दोलनको भागका रुपमा हुसैन बाईको कहानी सुनाउनकालागि रोहित डे अदालतको तथ्यांकमा निर्भर थिए। किनभने कुनै पनि अर्काइभमा बाईका विषयमा जानकारी थिएन। बाईको निवेदनप्रति मानिसको चिन्ता र रुची दुवै थियो। 

इलाहावादका वेश्याको एक समूह र नृतक युवतीको युनियन यो निवेदनको पक्षमा समर्थन गर्दै सडकमा निस्किए। दिल्ली, पंजाब र बम्बईको अदालतमा पनि वेशयाहरुले यस्ता निवेदन दिन थाले। बम्बईमा बस्ने एक वेश्या बेगम कलावतलाई निवेदन दर्तापछि शहरबाट निकालिएको थियो। किनभने उनले स्कुल नजिकै आफ्नो व्यापार चलाएकी थिइन्। 

 

 

उनी उच्च न्यायालयमा पुगिन् र समानताको अधिकार र व्यपार तथा हिँडडुल गर्ने स्वतन्त्रता अधिकारको हनन् भएको तर्क गरिन्।
नयाँ कानुनले वेश्यालाई आफ्नो भविष्यलाई लिएर अन्योलतामा पारेको थियो। उनले अदालतमा यो कानुनसँग लड्न ग्राहक र स्थानीय व्यापारीसँग पैसा लिएकी थिइन्।

एक पेशेवर गाक र नृत्यांगनाको एसोसिएशनको सदस्य भएको दाबी गर्ने केह ि७५ महिलाले राजधानी दिल्लीको संसद बाहिर प्रदर्शन गरेका थिए। उनीहरुले आफ्नो पेशामाथि यस प्रकारको आक्रमणले यो पेशालाई सम्मानजनक क्षेत्रमा फैलाइदिने चेतावनी दिएका थिए।

केही गायक, नृत्यांगना र ‘बदनाम’ मानिने ४५० महिलाहरुले पनि नयाँ कानुनसँग लड्नकालागि युनियन बनाएका थिए। इलाहाबादमा नृत्यांगना युवतीको एक समूहले नयाँ कानुन विरुद्ध प्रदर्शन गर्ने घोषणा गरे। 

कलकत्ताको रेड लाइट इलाकाका १३ हजार यौनकर्मीले जनजीविकाको वैकल्पिक उपाय नदिएको भन्दै भोक हड्तालमा जाने चेतावनी दिए। प्रहरी र सरकारले हुसैन बाईको निवेदनमाथि चिन्ता व्यक्त गरे। इतिहासकार रोहित डे भन्छन्–त्यतिबेला आलोचक वेश्यावृत्तिमा संलग्न महिलाको संवैधानिक सिद्धान्तको आह्वानप्रति चिन्तित थिए।’

‘हुसैन बाईको निवेदन र त्यसपछि यस्ता निवेदनलाई नयाँ गणराज्यको प्रगतिशील एजेण्डामाथि आक्रमणको रुपमा हेरियो।’
भारतको संविधानसभामा कयौं महिला पनि सहभागी थिए। जसलाई अनुभवी आयोजक मानिन्थ्यो। उनहरुको तर्क के थियो भने महिलाले वेश्या बन्ने विकल्प चुनेका होइनन्। र, बाध्यतावश यो पेश अपनाउनु परेको हो।

शायद यस्ता निवेदनले उनीहरुलाई आश्चर्यमा पारेको थियो किनभने वेश्यावृत्तिमा लागेका महिलाले आफ्नो व्यापारलाई जारी राख्न र निम्न दर्जाको जीवन जिउनकालागि मौकिल अधिकारको कुरा गरिरहेका थिए।

डे भन्छन्–सुक्ष्म रुपमा हेर्दा के स्पष्ट हुन्छ भने यो कुनै व्यक्तिको साहसिक काम थिएन। बरु यो पूरै भारतमा यौन व्यापारमा लिप् मानिसको संगठनको सामुहिक कार्यवाहीको एक भाग थियो।  के कुरा स्पष्ट थियो भने सो मानिस यौन धन्धामा थिए, उनीहरुलाई पहिला देखि नै आफ्नो पेशा खतरमा परेको महशुस भएको थियो। र, नयाँ कानुनले उनीहरुमाथि झन दबाव बढाएको थियो।’

बाईको निवेदनलाई दुई हप्ताभित्रै खारेज गरियो। उनको अधिकारलाई नयाँ कानुनले अहिलेसम्म कुनै चोट नपुर्याएको र उनीहरुले आफ्नो काम गर्न कुनै बाधाको सामना गर्नु नपरको भन्दै उनको रिट खारेज गरिएको थियो।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »