शाहरुख खान तिर्छन सबैभन्दा धेरै बिल, सबैभन्दा कम कैटरिनाले बुझाउँछिन्

२७ पौष २०७५
banner

एजेन्सी। दीपिका पादुकोण, सलमान खानदेखि अमिताभ बच्चनसम्म आफ्नो घरलाई सजाउन लाखौं रुपैयाँ खर्च गर्छन्। शाहरुख खानकै कुरा गर्दा उनीसँग मुम्बई, दुवई र लण्डनमा आलीशान बंगला छन्। साथै मुम्बई नजिकै अलीबागमा उनको एक शानदार फार्महाउस पनि छ।

ती मध्ये ‘मन्नत’ नामको बंगला जहाँ शाहरुख खान बस्छन्, उक्त बंगलाको महिनामा ४३ लाखको बिजुलीको बिल उठ्छ। शाहरुख खान मात्रै होइन बलिउडका ६ जना अन्य कलाकार यस्ता छन् जसले महिनामा लाखौं रुपैयाँ बिजुलीको बिलमा खर्च गर्छन्।
 

सलमान खान
बलिउडका चर्चित अभिनेता सलमान खानको कुरा गर्दा उनी आफ्नै ग्यालेक्सी अर्पाटमेन्टमा परिवारसहित बस्छन्। भारतीय संचारमाध्यमका अनुसार उनी प्रत्येक महिना २३ लाख रुपैयाँको बिजुलीको बिल तिर्छन्। सलमान चाँडै फिल्म ‘भारत’, ‘वान्टेड–२’ र ‘दबंग–३’ देखिँदैछन्।
 

दीपिका पादुकोण
१४–१४ नोभेम्बरमा इटलीमा रणवीर सिंहसँग विवाह गरेकी दीपिका पाकुकोण प्रति महिना १३ लाख रुपैयाँको बिजुलीको बिल तिर्छिन्। विवाहपछि उनले मेघना गुलजारको फिल्म ‘छपाक’ मा साइन गरेकी छन्।
 

सैफ अली खान
सैफ अली खान प्रत्येक महिना ३० लाख रुपैयाँको बिजुलीको बिल तिर्छन्। जुन कुनै पनि बंगालको बिल भन्दा धेरै हो। अन्तिम पटक सैफले फिल्म ‘बाजार’ मा अभिनय गरेका थिए। जुन फिल्म बक्स अफिसमा फ्लप भएको थियो।
 

अमिताभ बच्चन
अमिताभ आफ्नो परिवारसँग  ‘जलसा’ बंगलामा बस्छन्। उनले प्रति महिना २२ लाख रुपैयाँको बिजुलीको बिल भुक्तान गर्छन्। अमिताभले अन्तिम पटक फिल्म ‘ठग्स अफ हिन्दोस्ताँ’ मा अभिनय गरेका थिए।
 

अमिर खान
अमिर खान आफ्नो बान्द्राको अपार्टमेन्टमा बस्छन्। उनी प्रति महिना २२ लाख रुपैयाँको बिजुलीको बिल तिर्छन्। अमिर खान चाँडै टेलिभिजन शो ‘सत्यमेव जयते’ मा होस्ट गर्दैछन्।
 

कैटरिना कैफ
कैटरिना कैफको मुम्बईको घरको बिजुलीको बिल प्रति महिना दश लाख तिर्छिन्। योसबैभन्दा कम हो। कैटरिना चाँडै सलमान खानको फिल्म भारतमा देखिँदैछिन्।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll