
सर्मिला न्यौपाने
न्याय पाउनको लागि धनी कै हात हुनेछ यहाँ
गरिब जीउँदै जल्दा पनि सरकार हास्नेछ यहाँ
हेर्दै जानुस म गरिबकी छोरीको मात्र हैन अब
यस्तै नियम हो भने राष्ट्रपतिको पनि इज्जत लुटिने छ यहाँ
खानलाई अन्न, फेर्नलार्इ लुगा छैन तर पनि म गरिब हैन
किनकी अपराधीले मेरो शरीर हेर्नेछ यहाँ
पाइला पाइलामा असुरक्षित छु इज्जत लुटिनेको टुङ्गो छैन
सरकार त मौन भयो खै कस्ले न्याय दिनेछ यहाँ
यदि मेरो इज्जत लुटिएर मरेँ भने न्याय नमाग्नु है आमा
न्याय पाउदिनौ तिमीले रुदारुदै आँसु सकिनेछ यहाँ
सन्दर्भ निर्मला पन्त घटना