मलेसिया रोजगारी तत्काल खुला गर्नुपर्छ : डा.कोइराला

१७ मङ्सिर २०७५
banner

फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले मलेसियाको रोजगारी नखुलेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सरकारले नियोजितरूपमा रोजगारीका लागि पठाउने काम रोकेको आरोप समेत लगाएका छन्।

नेपाल सरकार र मलेसिया सरकारकाबीचमा मलेसिया रोजगारी खुलाउने भन्दै श्रम सम्झौता भएको थियो । तर, सम्झौता भएको लामो समयसम्म जाने प्रक्रिया नखुले पछि युवाहरू मर्कामा परेका छन्।

डा कोइरालाले मलेसिया रोजगारी नखोल्नुमा विभागीय मन्त्री गोकर्ण विष्टको नाम नलिइकनै सरकार र मन्त्रीको कमजोरी भएको उल्लेख गरेका छन्।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3