चोटका कारण मैदानबाट बाहिरिएपछि शिखर धवनले कवितामार्फत आफ्ना भावना पोखे

२९ जेठ २०७६
banner

काठमाडौं। चोटका कारण भारतीय ओपनर शिखर धवन तीन हप्ता खेल्न नसक्ने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलका बेला औंला भाँचिएपछि उनले कम्तीमा ३ साता आराम गर्नुपर्ने भएको हो । त्यसपछि उनको साटो फिल्डिङका लागि रवीन्द्र जडेजा आएका थिए ।

अस्ट्रेलियाविरुद्धको खेलमा उनले १ सय ९ बलमा १ सय १७ रन जोडेका थिए । कम्तीमा तीन साता बाहिर बस्नुपर्ने भएपछि उनले पहिलो चरणका सबै खेल गुमाउने छन् । पहिलो चरणअन्तर्गत भारतले जुलाई २ मा बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । यस्तोमा भारत अघिल्लो चरणमा बढे र चोट निको भएमात्र उनी विश्वकपमा फर्किन पाउने छन् ।  

मैदानबाट बाहिरिएसँगै धवनले कवितामार्फत आफ्नो भावना पोखेका छन् । उनले राहत इन्दौरीको एउटा कवितासहित ट्वीटरमा आफ्नो हातको जाँच भइरहेको फोटो पोस्ट गरेका छन् । कवितामा उच्च आकांक्षा लिएर अगाडि बड्नेलाई कसैले रोक्न नसक्ने भाव व्यक्त गरिएको छ । 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l