पोखराबाट खड्गबहादुरले लिए पहिलो श्रम स्वीकृति, पहिलो दिनमै ३० जनाले लिए श्रम स्वीकृति

२६ पौष २०७५
banner

काठमाडौं। वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई प्रदेश स्तरबाटै श्रम स्वीकृति दिन सुरु गरिएको छ । गण्डकी प्रदेशस्थित पोखराबाट बिहीबारदेखि सुरु गरिएको पुनः श्रम स्वीकृति खड्ग बहादुर गुरुङले पहिलो श्रम स्वीकृति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबाट पाएका छन्। 

वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले खड्गबहादुर ग्ुरुङले श्रम तथा रोजगार कार्यालय कास्कीबाट पहिलो श्रम स्वीकृति लिएको जानकारी दिए। वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलमार्फत मात्र प्रदान गरेको श्रम स्वीकृति पनि संघीयताको मूलमर्म अनुरुपनै विभिन्न प्रदेशहरु मार्फत प्रदान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

सरकारले बुटवल र जनकपुबाट पनि व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको काम सुचारु गरिसकेको छ । वैदेशिक रोजगारीमा जाने जनकपुर र बुटवल आसपासका श्रमिकले श्रम स्वीकृति त्यही सम्बन्धित स्थानबाट नै लिन सुरु गरिसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

पहिलो श्रम स्वीकृति लिने खड्गबहादुर गुरुङले पुनः श्रम स्वीकृति संयुक्त मकाउका लागि लिएका हु्न भने दोस्रो पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्सका लागि चन्द्रमान गुरुङले लिएका छन्। 

वैदेशिक रोजगारमा जाने श्रमिकको चाप अत्याधिक हुँदा श्रम कार्यालय ताहाचलमा मात्रै चाप बढेका कारण सरकारले श्रमिकलाई श्रम स्वीकृतिको सहजीकरणका लागि सबै प्रदेश स्तरबाटै श्रम स्वीकृति सेवा प्रदान गर्न लागेको हो। 

यस अघि बुटवल र जनकपुरबाट सेवा सुचारु गरिसकेको विभागले बिहीबारदेखि पोखराबाट समेत श्रम स्वीकृति गरिसकेको छ। विभागले चालु आर्थिक वर्ष भित्रमा नै सातै वटा प्रदेश माफर्त सेवा प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l