अविरल वर्षाका कारण सिद्धबाबामा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

२६ अषाढ २०७६
banner

Photo : Facebook

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल नजिकैको सिद्धबाबामा पहिरो गएपछि बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको माथिल्लो सिद्धबाबा नजिकैको हेडबक्समा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

सडकमा ठुला ढुङ्गा सहितको पहिरो खसेको छ । पहिरोले पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटना हुनबाट जोगिएको र अहिले पाल्पा तर्फबाट आएका सवारी साधन दोभानमै र बुटवलबाट गएका सवारी साधन तल्लो सिद्धबाबा नजिकै राखिएको छन् ।

पानी परिरहेकाले पहिरो तत्काल हटाउन सक्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवल क्षेत्रमा तीन दिनदेखि लगातार पानी परिरहेको छ । पानी पर्न नरोकिएसम्म पहिरो पन्छ्याउन पनि कठिन रहेको प्रहरीले जनाएको छ ।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l