अफेयरको खुलासा हुने डरले दिदीले उठाइन खतरनाक कदम, बोरा खोलेर हेर्दा...

२६ आश्विन २०७५
banner

एजेन्सी ।  एक १९ वर्षीय युवती आफ्नै भाइको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन्। ती युवतीले भाइको हत्या यस कारण गरिन्, किनकी भाइलाई आफ्नो अफेयरको बारेमा थाहा थियो। 

दिदीको अफेयरको बारेमा थाहा पाएपछि ४ वर्षीय भाइले परिवारलाई भनिदिने धम्की दिदै आएका थिए। आफ्नो अफेयर परिवारले थाहा पाउने डरले ती युवतीले ४ वर्षीय भाइको हत्या गरेकी थिइन्। उनले भाइको हत्या गरेर उनलाई नग्न बनाइ बोरामा राखेकी थिइन्, ताकी प्रहरीले यौन शोषण भएको बुझोस्। तर प्रहरी सामु उनको अपराध लुक्न सकेन्। अन्तत उनी पक्राउ परिन्। 

यो घटना भारतको पंजाबस्थित लुधियाना भन्ने स्थानको हो। त्यहाको अमरजीत क्लोनीमा एक युवतीले आफ्नै नाबालक भाइको हत्या गरेकी हुन्। १९ वर्षीया ती युवतीको नाम रेणु कनौजिया हो। उनका ४ वर्षीया भाइले सधै दिदीको पिछा गर्ने गर्दथे। जहाँ जहाँ दिदी जान्छिन्, त्यहाँ त्यहाँ उनी पुग्ने गर्दथे। 

उनले आमाबाबुसँग दिदीको सानो सानो कुरापनि भनिदिने गर्दथे। पिछा गर्दा गर्दै उनले उनको अफेयरको बारेमा पनि थाहा पाएका थिए। र त्यो कुरा उनले आमाबाबुसँग भनिदिने धम्की दिएका थिए। भाइको यस्तो हर्कतदेखि रेणु दिक्क भइसकेकी थिइन्। ६ अक्टोबरमा जब आमाबाबु घरबाहिर गएका थिए। त्यसै मौकामा रेणु भाइ अंशलाई लिएर नजिकैको एक पसलमा गएर चक्लिेट किनिदिइन्। 

त्यसपछि उनले अंशलाई पछाडिको कोठामा लगेर गइन र घाँटी थिचेर भाइको हत्या गरिदिइन्। त्यसपछि उनलाई बोरामा राखेर उनले भाइको शव गहुँमा लगेर लुकाइन र आमाबाबुलाई भाइ वेपत्ता भएको जानकारी दिइन्। त्यसपछि मध्यरातमा उनले भाइको कपडा च्यातिन र नग्न पारेर शवको बोरा घर अगाडि राखिदिइन्। ताकी प्रहरीले यौन शोषणमा परेको ठानोस्। तर रेणुले यस अपराधलाई लुकाउन सकिनन् र केही घण्टामै उनी पक्राउ परिन्।  

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।