सबैकी साझा दिदी, जसले २ सय भन्दा बढिलाई टीका लगाइन्

२३ कार्तिक २०७५
banner


काठमाडौं । दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकालाई सबैकी साझा दिदी अन्जली मास्केले भाइटीका लगाइदिएकी छन्।

मास्केले करिब २ सय जनालाई टीका लगाइदिएकी हुन्। उनले सगुन भने २०८ जनालाई तयारी गरेकी थिइन्।

विसं २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आएका छन्।

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो। मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन्।

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |