काठमाडौ स्मार्ट सिटीको प्रतिवेदन तयार, चार नयाँ शहर बन्ने

२९ पौष २०७५
banner

काठमाडौ। काठमाडौं उपत्यकाको चार कुनामा आगामी पाँच वर्षमा चारवटा नयाँ शहर निर्माण गर्न छानिएको परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट बुझाएको छ । सरकारले २०७४ साल २५ बैशाखमा राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको थियो । त्यसबेला मन्त्रिपरिषद् बैठकले काठमाडौ उपत्यकाको चारवटै कुनामा चारवटा स्मार्ट शहर विस्तार गर्ने निर्णय गरेको हो । शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट १०० अर्ब र निजी क्षेत्रबाट ४०० अर्ब लगानी जुटाएर स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । सरकारको निकै महत्वकाँक्षी कामका रुपमा रहेको यस आयोजना आगामी ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

पाँच वर्षमा शहर नै तयार पार्नेगरि काठमाडौ उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिरहेको छ । प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले स्मार्टसिटी निर्माणका लागि सम्भाव्यता र स्थलगत रिपोर्ट तयार भइसकेको जानकारी दिए । उनले अहिले परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट प्राधिकरणलाई बुझाइसकेको बताए । चारवटै स्मार्ट शहरकालागि आगामी असार मसान्तसम्म डिपिआर तयार पार्ने गरि काम भइरहेको उनको भनाई छ ।

प्राधिकरण प्रमुख आयुक्त तिवारीले यस नयाँ स्मार्टसिटी अहिले भइरहेको भन्दा व्यवस्थित, सुविधासम्पन्न र सहज हुने बताए । उनले यी सहरमा उपलब्ध हुने सुविधाको ‘स्मार्टपन’को कुनै सीमा नभएकाले नयाँ सहर भनिएको बताए । उनले यी सरहमा विश्वमा उपलब्ध सबै सुविधा पाइने जानकारी दिए ।

प्राधिकरणका अनुसार डिपिआर तयार भएपछि मन्त्रीपरिषदबाट स्विकृत गरिनेछ । त्यसपछि शहर निर्माणको काम अघि बढ्ने छ । प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनले चार वटा शहर विकास गर्नका लागि १० अर्ब रुपैयाँ लाग्ने देखाइएको छ । सरकारले बजेट व्यवस्थापन गरे काम सुरु गरेको तीन वर्षमा शहरको स्वरुप तयार पार्न सकिने छ । पूर्ण रुपमा शहरी पुर्वाधार विकास गर्न भने आगामी पाँच वर्ष समय लाग्ने परामर्शदाता कम्पनीले बुझाएको प्रतिवेदनले देखाएको छ ।

परामर्शदाता कम्पनीले बुझाएको स्थलगत रिपोर्टमा व्यवस्थित ल्याण्डफिल्ड साइट, अस्पताल, बजार क्षेत्र, व्यवस्थित सडक सञ्जाल, बजार, औद्योगिक क्षेत्र, विद्यालय बैंक तथा वित्तीय संस्था लगायत स्मार्ट शहरभित्र समावेश हुने छ । अहिलेको काठमाडौंमा अस्तव्यस्त शहरीकरण बढेको भन्दै प्राधिकरणले व्यवस्थित शहरीकरणका लागि नयाँ शहर विकास गर्न लागेको हो ।

उपत्यकाको चार कुनामा १ लाख ३० हजार रोपनीमा चारवटा शहर विकास गर्न लागिएको प्राधिकरणले जनाएको छ । यि चारवटै शहरलाई बाहिरी चक्रपथसँग जोडिने छ । प्राधिकरणका अनुसार पहिलो काठमाडौं इशानको डिपिआर निर्माणको काम फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले गरिरहेको छ । जसको स्थलगत रिपोर्ट तयार भइसकेको छ ।

अहिले डिपिआरको काम भइरहेको छ । एक वर्षअघिबाट सो कम्पनीले अध्ययनको काम सुरु गरेको हो । स्थलगत अध्यययनकालागि १८ महिनाको समायावधि पाएको थियो । प्राधिकरणका अनुसार, यो शहर १ लाख रोपनी क्षेत्रफलमा फैलने छ । यो शहर पूर्ण रुपले विकास गर्न लागिएका चारवटा मध्ये सबैभन्दा ठूलो हुनेछ । यो काठमाडौंको पुर्व उत्तर दिशामा विकास गर्न लागिएको हो । पूर्वमा भक्तपुरको नगरकोट जाने सडक, तेलकोट, भन्ज्याङसम्म तथा पश्चिममा मुलपानी क्रिकेट स्टेडियमबाट मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुरसम्म फैलने छ । यसैगरि, उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको पुरानो बाटोसम्म फैलने छ ।

दोस्रो काठमाडौं आग्नेयको डिपिआर निर्माणको काम इमआरसि र एनइएसिटी एडी जेभीले गरिरहेको छ । पुर्व दक्षिण दिशामा विकास गर्न लागिएको यो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलने छ । यो पुर्वको अरनीको राजमार्गको सूर्य विनायक चोकदेखि मन्दिर हुँदै सुर्यविनायक चोक वनलाई बाहिर पार्दै निर्माण हुनेछ । पश्चिममा खहरेखोला, बालकोट, विरुवा सडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालाई छुनेछ । यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म फैलने छ । दक्षिणमा भक्तपुरको सिलागाल, रानीकोट, फेदी तर्खथाल पात्लेश्वर हुँदै खहरे पुग्छ ।

तेस्रो काठमाडौं नैऋत्य शहरको पनि डिपिआर निर्माणको काम इमआरसि र एनइएसिटी एडी जेभीले गरिरहेको छ । दक्षिण पश्चिम दिशामा विकास गर्न लागिएको यो शहर १० हजार रोपनी क्षेत्रफलमा नै फैलिने छ । यो ललितपुरमा निर्माण हुनेछ । पूर्वमा छ्यासिकोट देखि साविकको सैबु गाविसको सिमाना हुँदै फर्सिडोल बागमती नदीको झोलुङगे पुलसम्म पुग्नेछ । यसैगरि, पश्चिममा बागमती नदिको सिमानासम्म तथा दक्षिणमा बागमती नदिसम्म फैलिने छ । चौथो काठमाडौं उत्तरमा निर्माण हुने स्मार्ट शहर रहेको छ ।

यो शहर पनि १० हजार रोपनी क्षेत्रफलमा विकास हुने छ । पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाईपास पुग्नेछ । पश्चिममा काभ्रेस्थलीदेखि बाईपास जाने मुल सडक छुनेछ । उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थलितिर जाने छ । दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हँुदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुल छुने छ । प्राधिकरणको लक्ष्य अनुसार पहिलो स्मार्ट सिटी काठमाडौको मुलपानीदेखि खरिपाटीसम्म फैलिएको हुनेछ ।

सरकारी योजना अनुसार काम अघि बढे अब केही वर्षमै काठमाडौं उपत्यकाका चार कोणमा अत्याधुनिक नयाँ सहर बन्नेछन् । कसैले तिनलाई नयाँ सहर र कसैले ‘स्मार्ट सिटी’ नामाकरण गरेका छन् । जहाँ हालसम्म विश्वमा उपलब्ध सबैखाले सहरी सुविधा र सूचना प्रविधिको उच्चतम प्रयोग हुने छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले १ लाख ३० हजार रोपनी क्षेत्रफल ओगट्ने गरी यस स्मार्ट सिटीको अवधारणामा चार नयाँ सहरको अवधारणा अघि बढाएको हो । यी सहरमा उपलब्ध ‘स्मार्ट’ सुविधाको कुनै पनि सीमा नभएकाले नयाँ सहर नामाकरण गरिएको प्राधिकरको दाबी छ । राजधानी दैनिक

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |