समाजसेवी सविता भन्छिन्, ‘अटिजम भएका बालबालिका बाँधेको हेर्नै सक्दिन’ (भिडियो)

२९ भाद्र २०७५

banner

अमेरिका । अटिजम भएका बालबालिका बाँधेको हेर्नै नसक्ने अवस्थामा पुगेको समाजसेवी सविता उप्रेतीले बताएकी छन्।

डिसी नेपालको अन्तर्वार्तामा बोल्दै समाजसेवी उप्रेतीले अटिजम भएका बालबालिकालाई समाजमा साङ्लोले बाँधेर पीडा दिइरहको चारैतिर देखेपछि आफूलाई सहनै नसकेको पीडा भएको बताइन्।

नेपालको दोलखा जिल्लामा जन्मिएकी उप्रेती एसएलसी पासपछि राजधानी काठमाडौं आइन्। काठमाडौंमै संघर्ष गरेर अध्ययन पुरा गरिन्। जीवनलाई सरल र सहज बनाउने इच्छा उनमा जाग्यो। समाज कल्याण परिषद् अन्तर्गत ‘राष्ट्रिय अपांग कोषको पुनर्स्थापना केन्द्रमा’ केन्द्र व्यवस्थापन अधिकृतको रूपमा जागिरे बनिन्।

जब उनले आफ्नो जागिरका क्रममा फिल्ड भिजिटमा जादा साना बालबालिकाहरूलाई थुनेर, बांधेर राखेको देखिन् त्यसपछि उनका मनमा एक किसिमको नयाँ सोचको विकास भयो।

यसरी हामीले हाम्रै छोरा छोरीलाई किन थुनेका छौं? किन बाधेका छौं? के हामी तिनीहरूलाई सहज रूपमा व्यवस्थापन गर्न सक्दैनौ भन्ने कुराले उनलाई घोच्यो।

त्यसपछि उनले के हो त यो अटिजम भनेर रिसर्च गर्न थालिन्? अनि उनले म यो काम आफैं किन गर्न सक्दिन भनेर सोचिन् र त्यसपछि तिनै बच्चाहरूलाई सेवा दिन थालिन्।

डिसी नेपाल प्रतिनिधिले उनीसंग गरिएको कुराकानी

Leave a reply

HTML Tags are not supported

Post My Comment »