युवकले आइफोन किन्ने लोभले मृगौला बेचे, तर थाहा थिएन यस्तो दिन पनि आउनेछ

२९ पौष २०७५
banner

काठमाडौं। आइफोन किन्ने रहर धेरैलाई हुन्छ । मोवाइल फोनको क्रेज बढिरहेको बेला महंगो आइफोन बोक्ने रहरने एक युवकको जिन्दगी नै खतरामा परेको छ । अहिले उनी जिन्दगीको लागि संघर्ष गरिरहेका छन् । यी युवक चीनका हुन् जसले केही वर्ष अगाडि आइफोन किन्नको लागि आफ्नो एउटा मृगौला बेचेका थिए । त्यतिबेला उनलाई लागेको थियो कि एउटा मृगौलाले काम चल्छ भने अर्को किन चाहियो ? तर, उनको यो गल्तीको सजाय उनले अहिले भोगिरहेका छन् । अहिले उनको अर्को मृगौलाले पनि काम गर्न छाडेको छ । 

चीनको एन्हुइ प्रान्तका २५ वर्षका वांग शांगकुन अहिले अस्पतालमा जिन्दगीको लागि संघर्ष गरिरहेका छन् । उनको एकमात्र मृगौलाले काम गर्न बन्द गरेको छ र उनी डायलासिसको सहारामा बाँचिरहेका छन् । उनको यो हालतको जिम्मेवार उनी स्वयं हुन् । २०१ मा त्यतिबेलाको सबैभन्दा पछिल्लो आइफोन किन्नको लागि वांगले आफ्नो एक मृगौला २५ हजार युआन (करिब ४ लाख नेपाली रुपैयाँ)मा बेचेका थिए । निकै गरिब परिवारका वांग आइफोन लिएर साथीहरुको अगाडि शान देखाउन चाहन्थे । मृगौला बेचेर आएको पैसाले उनले आइफोन ४ र आइप्याड २ किनेका थिए । 

उनले गैरकानुनी रुपमा ब्ल्याक मार्केटमा आफ्नो मृगौला बेचेका थिए । चीनिया मिडियाका अनुसार दोस्रो मृगौला फेल भएपछि उनी अस्पतालमा भनाइ भएका छन् । पहिलो मृगौला निकाल्ने क्रममा भएको संक्रमणका कारण उनको अर्को मृगौला पनि खराब भएको डाक्टरहरुले बताएका छन् । पहिलो मृगौला निकालेपछि सर्जरीको क्रममा डाक्टरले लापरवाही गरे जसका कारण उनको अर्को मृगौला संक्रमित भएको बताइएको छ । यो घटना सार्वजनिक भएपछि गैरकानुनी रुपमा उनको मृगौला निकालेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |