आईसीसी वरियतामा सोमपाल कामीले बसन्त रेग्मीलाई उछिने, एकैचोटी २२ स्थान अगाडि

२८ माघ २०७५
banner

काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको बलिङ बरियतामा ठूलो फड्को मारेका छन् । उनले एक्कासी २२ स्थान अगाडि आउँदै नेपालका अर्का बलर बसन्त रेग्मीलाई समेत उछिनेका छन् । यसअघि ९२ औं स्थानमा रहेका सोमपाल २२ स्थानमाथि उक्लिदै ७० औं वरियतामा आइपुगेका हुन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।

त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि वरियता सुधार गरेका छन् । उनी ७१ औं स्थानमा आइपुगेका छन् । अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन् । उनले पारसले ७६ रेटिङ अंक पाउँदै ४० स्थानमा पुगेका हुन् । ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन् । टि–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम बलिङतर्फ अफगानिस्तानका बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल यथावत रहेका छन् ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l