सोनाक्षीले खुलासा गरिन् आफ्नो ड्रीम ब्वायबारे

१४ कार्तिक २०७५
banner

एजेन्सी । पछिल्ला ८ वर्षदेखि बलिउडमा क्रियाशील अभिनेत्री सोनाक्षी सिन्हाले पहिलो पटक आफ्नो बलिउड क्रशलाई लिएर आफ्नो ड्रीम ब्वायबारे बताएकी छन् । 

सोनाक्षीले हालै एक फ्याशन म्यागजिका लागि फोटोशूट गरिन् । सो सोही म्यागजिनमा अन्तर्वार्ता पनि दिएकी छन् । अन्तर्वार्तामा उनले आफ्नो जीवनसँग जोडिएका केही कुरा सार्वजनिक पनि गरेकी छन् ।   

उनले बलिउडमा आफ्नो पहिलो क्रश ऋतिक रोशन रहेको बताइन् । उनले ऋतिको पहिलो फिल्म कहो ना प्यार हैं हेरेर आफ्नो क्रश मानेको बताएकी छन् । ऋतिक र सोनाक्षीको उमेरको फरक १३ वर्षको छ । 

उनले आफ्नो आईडल म्यानबारे पनि मुख खोलेकी छन् । उनले भनिन्, ‘मलाई यस्तो कोही चाहियो जसले मलाई स्पेस देओस र मलाई बाँधेर नराखोस ।’ 

बिहे गर्ने तयारीमा रहेका केटीहरुलाई पनि उनले सुझाव दिइन् । उनले कुनै गलत कारण बिहेका लागि तयार नहुन केटीहरुलाई उनले सुझाव दिइन् । 

सोनाक्षीले अन्तर्वार्ताका क्रममा विक्की कौशलको प्रशंसा पनि गरिन् । उनले मौका मिले उसँग स्क्रीन शेयर गर्नेसमेत बताइन् । 
सोनाक्षीको अपकमिंग फिल्म कलंक र दबंग ३ हुन् । 

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l