टाढाकी हितकारी (गीत)

११ बैशाख २०७६
banner

टाढाकि हितकारी लाई भुल्न गाह्रो छ 
सधैंलाई बाँधु भने बीचमा तगारो छ 
ज्यान त यहाँ मन उडेर चरी भाको छ
हजुर बिनाको यो ज्यान पानी बिनाको माछी भाको छ 
टाढा बस्ने हितकारिलाई भुल्न गार्‍हो छ 
सधैं लाई बाँधु भने बीचमा तगारो छ

कठै कति रातहरु बिताएका होलान् छट्पटिमा 
सपनाहरू बहुलाउदा कति रोइन होलि अँधेरिमा ,  म पनि त डुबेर रुदैछु अतितका मधुर स्मृतिमा 
कहाँ टेकु पाइलाहरु परेको छु अल्मलमा 
टाढा बस्ने हितकारी लाई भुल्न गार्‍हो छ
सधैंलाई बाँधु भनेबीचमा तगारो  छ 

सोचे होलान् तिमिले यो मान्छे कति निस्ठुरी 
कठैबरा रोए होलिन मलाई सम्झेर धेरै चोटि
तिम्रै न्यास्रोले मलाई पनि लागिरहेछ छट्पटी 
झसङ्ग, झसङ्ग  हुन्छु केहि बिर्सेका झै घरीघरी
टढा बस्ने हजुलाइ भुल्न गाह्रो छ 
सधैं लाई बाँधु भने बीचमा तगारो छ 

नदिका दुई किनार हामी मिलन असम्भाव छ
 तर ओइलेर झर्छु नभन्नु  जीवन अमुल्य छ 
सागर सरि माया दियौ भुल्नत गाह्रो छ 
मुटु भित्र बस्यौं तिमी धड्कन चर्को छ
टाढाकी हितकारिलाई  भूल्न गाह्रो छ 
सधैं लाई बाँधु भने बीचमा तगारो छ 


तिर्थ गुरुङ्ग 
रुपाकोट ३ चिसापानी जौबारी , कास्की 
हाल : रेडिङ्ग , बेलायत 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3