दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

२६ आश्विन २०७५
banner

सोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गरेका छन्। उनलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो। 

अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गरेको उनका अधिवक्ताले जानकारी दिए। उनलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो। उनी देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ। 

अनुसन्धानका क्रममा पूर्वराष्ट्रपति बाकलाई एउटा अटोपार्ट कम्पनीमा लगानी रहेको पाइएको थियो। तर उनले सो कम्पनी आफ्नो नभएर भाइको रहेको दाबी गर्दै आएका थिए। सोही कम्पनीसँग सम्बन्धित कार्यमा उनले करीब २४ अर्ब वन (कोरियाली पैसा) अपचलन गरेको ठहर उक्त अदालतले गरेको थियो। 

उनले आफूमाथि अन्याय भएको भन्दै सो कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गरेको उनका अधिवक्ताले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।